२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

दशैंमा बन्द रहेका सुदूरपश्चिमका कोरोना परीक्षण प्रयोगशाला आजबाट सुरु

डोटी- दशैंका कारण बन्द रहेका सुदूरपश्चिमका कोरोना परीक्षण प्रयोगशाला आजबाट सुरु हुने भएका छन् । दुई दिन बन्द रहेका प्रयोगशालले बुधबारदेखि नै परीक्षण थाल्ने जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालाले दर्शैँका बेला समेत कोरोना परीक्षण जारी राख्ने भनेपनि नमूना संकलन नहुँदा सोमबार र मंगलबार परीक्षण हुन सकेको थिएन । प्रयोगशाला सञ्चालन गर्न आवश्यक पर्ने न्यूनतम संख्या समेत नपुगेपछि रोकिएको परीक्षण बुधबारदेखि फेरी सुरु गर्ने अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले बताए ।

सेती प्रादेशिक अस्पतालसंगै डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बैतडी, बझाङ, डोटी र अछामको कमलबजार नगरपालिकाले प्रयोगशाला सञ्चालन गर्दै परीक्षण गरिरहेका छन् । एउटा प्रयोगशालामा दैनिक १ हजार २ सय जनाको परीक्षण गर्न सकिने क्षमता छ ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ कार्तिक १२

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP