२०७८ मंसिर ११, शनिबार
November 27, 2021, Saturday
विद्युत सेवा विस्तारका लागि होडबाजी

आदर्श गाउँपालिकामा विद्युत सेवा विस्तार गरिँदै

डोटी : डोटीको पूर्वीचौँकी गाउँपालिकाका नौ वटै वडामा राष्ट्रिय प्रसारणको विद्युत सेवा पुगेसँगै अर्को स्थानीय तह आदर्श गाउँपालिकाले पनि आफ्ना सबै वडामा विद्युत सेवा विस्तार गर्न थालेको छ । 

यहाँका स्थानीय तहले आफ्ना वडाहरुमा विद्युत सेवा विस्तारका लागि होडबाजी नै चल्न थालेको छ । जनप्रतिनिधीको पहलमा जिल्लाका नौ स्थानीय तहमध्ये जोरायल, बडिकेदार, बोगटानफुड्सिल, सायल, पूर्वीचाँकी, केआइसिंह तथा आदर्श गाउँपालिकामा तीव्र रुपमा विद्युत विस्तारको काम भइरहेको डोटी साना जलविद्युत कार्यालयले जनाएको छ ।

जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ५ लामिखालमा पोल गाढेको पाँच वर्षपछि विद्युत सेवा पुगेको छ । यहाँका करिव ४०० घरधुरीले विद्युत् सेवा पाएका छन् । दशैँको अवसर पारेर गाउँमा विद्युत सेवा बिस्तार गरिएपछि गाउँले खुसी भएका हुन् । 

पोलगाडेको वर्षौपछि गाउँपालिकाको विशेष पहलमा अहिले आएर राष्ट्रिय प्रसारणलाइनको विद्युत बिस्तार गरिएको भन्दै स्थानीयवासीमा खुसियाली छाएको स्थानीय रमेशबहादुर साउदले जानकारी दिए । विद्युत नहुँदा सल्लाको दियालो तथा टुकीका भरमा उज्यालो गर्दै आएका नागरिक गाउँमा विद्युत बिस्तार भएपछि निकै खुसी भएको स्थानीय धनबहादुर नेपालीले बताए । 

नेपाल बिद्युत प्राधिकरणको केन्द्रीय लाईन प्राधिकरण र आदर्श गाउँपालिकाको संयुक्त सहकार्यमा उक्त वडाको केन्द्र लामीखालमा पहिलो पटक विद्युत बिस्तार गरिएको गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले बताए । उनले भने, “बिजुलीले त्यहाँका नागरिकले उज्यालो पाएका छन् ।”

गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा विद्युत विस्तारका लागि बजेट विनियोजन गरिएपछि अहिले विद्युत विस्तारको काम अघि बढेको गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिए । 

जिल्लाका अधिकांश स्थानीय तह तथा गाँउपालिकाका प्रत्येक घरमा चालु आर्थिक वर्षको अन्तिमसम्म बिजुली बाल्ने विद्युत कार्यालय र स्थानीय तहले संयुक्त योजना बनाइएर सोही अनुसार पत्राचार गरेकाले काम अघि बढाईरहेको डोटी साना जलबिद्युत कार्यालय दिपायलका प्रमुख कपिलदेव जोशीले जानकारी दिए ।

Related News

सुदूरपश्चिम कांग्रेस सभापतिमा शाहीको उम्मेदवारी घोषणा
सुदूरपश्चिम कांग्रेस सभापतिमा शाहीको उम्मेदवारी घोषणा
  • २०७७ कार्तिक १२

डोटी- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा युवा नेता पुष्पकुमार शाहीले उम्मेदवारी घोषणा गरेका छन् । शनिबार दिपायलमा आयोजित पत्रकार सम्मेलन...

जंगे पिल्लर छेउमै उभिएर उम्मेदवारी  घोषणा
जंगे पिल्लर छेउमै उभिएर उम्मेदवारी घोषणा
  • २०७७ कार्तिक १२

कैलाली – कांग्रेसका नव निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल विद्यार्थी संघका पूर्व कार्यवाहक केन्द्रीय अध्यक्ष क्षितिज भण्डारीले नेपाल–भारत सीमा...

हेर्दाहेर्दै महिलाले सेती पुलबाट हाम फालिन् , अवस्था अज्ञात
हेर्दाहेर्दै महिलाले सेती पुलबाट हाम फालिन् , अवस्था अज्ञात
  • २०७७ कार्तिक १२

डोटी – दिपायल स्थित सेती नदीको पुल माथिबाट एक महिलाले हाम फालेकी छिन् । वरिपरिबाट हेर्दाहेर्दै पुलबाट हाम फालेकी ती...

TOP