बझाङ- बझाङमा वडाध्यक्ष सहित १० जना जुवाडे पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका वडा नम्बर ४ बाट विशेष सूचनाका आधारमा जुवा खेलिरहेको अवस्थामा नगदर ७० हजार सहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले ७० हजार ७ सय ३० रुपया सहित जयपृथ्वी नगरपालिका ४ का वडाध्यक्ष गगन खाती लगायतका जुवाडेलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका अन्यको नाम रुजु गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
काठमाडौं – सरकारले कानुनविद्हरूको सल्लाह सुझावका आधारमा रेशम चौधरीलाई रिहाइ...