कैलाली- सुदूरपश्चिम प्रदेशमा दशैं भत्ता बाफत ३५ लाख २९ हजार भुक्तानी गरिएको छ । प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा अन्तर्गतका सबै सदस्यलाई दशैं भत्ता लगायत अतिरिक्त भुक्तानी गरिएको हो ।
दशैं भत्ताबापत राज्य कोषबाट प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा अन्तर्गतका सबै सदस्यहरुका लागि ३५ लाख २९ हजार अतिरिक्त भुक्तानी गरिएको प्रदेशसभा सचिवालयका लेखा अधिकृत हरी जोशीले बताए ।
सम्बन्धित कार्यालयहरुले मुख्यमन्त्रीलाई ७१ हजार, मन्त्रीहरुलाई ६३ हजार र प्रदेशसभा सदस्यहरुले ५६ हजार ५ सय दसैं भत्ता भुक्तानी गरिएको अधिकृत जोशीले बताएका छन् ।
प्रदेशसभा सचिवालयले प्रदेश सांसदलगायत पदाधिकारीहरुलाई दसैंभत्ता बापत २६ लाख १८ हजार ५ सय भुक्तानी गरिएको सचिवालयका लेखा अधिकृत जोशीले बताए । ‘नियमअनुसार सम्बन्धित पदाधिकारीको खातामा पठाएका हौं,’ उनले भने ।
मुख्यमन्त्री र मन्त्रीहरुका स्वाकीय सचिवहरुले समेत दसैं भत्ता बुझेका छन् । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहित सातजना मन्त्री र राजनीतिक नियुक्ति पाएका उनीहरुका १४ जना स्वकीय सचिवहरु छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भने आज दशैँ भत्ता फिर्ता गर्ने बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले पनि भत्ता फिर्ता गर्ने र अन्य काग्रेसका प्रदेश सभा सदस्यहरुलाई पनि फिर्ता गर्न आग्रह गर्ने बताएका छन् ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...