धनगढी– सेती प्रादेशिक अस्पतालले भोलीदेखि कोरोना परीक्षण र संक्रमितको उपचार गर्दा शुल्क लिने भएको छ। स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले आजदेखि नै शुल्क लिन निर्देशन दिएपनि भोलिदेखि शुल्क लिने तयारी भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
आर्थिकरुपमा विपन्न, असक्त, असाह एकल महिला, अति अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी बाहेकका अन्य सबै व्यक्तिले कोरोना परीक्षण वा उपचारको खर्च तिर्नुपर्ने सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
‘परीक्षण र उपचार गर्ने भनिएका व्यक्तिहरुको कोरोना बीमा गरिएको भए बीमा रकमबाट उपचार खर्च बेहोरिनेछ। बीमा नभए सम्बन्धि व्यक्तिले भोलिदेखि शुल्क तिर्नुपर्नेछ।’ सूचना अधिकारी श्रेष्ठले खवरकुञ्जलाई भने।
यसअघि सेती अस्पतालले कोरोना परीक्षण र उपचार निःशुल्क गर्दै आएको थियो भने स्वइच्छाले केही व्यक्तिले परीक्षणको शुल्क तिर्दै आएका थिए। अहिले सेती प्रादेशिक अस्पतालमा ४६ जना कोरोना संक्रमितको उपचार भईरहेको छ।
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...
काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो। अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...