डोटी- डोटीका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डोटी अस्पतालकोे परीक्षणमा ३१ जना, सेती प्रादेशिक अस्पताल कैलालीको परीक्षणमा ३ जना, डडेल्धुरा अस्पतालको परीक्षणमा १ जना गरी जम्मा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय डोटीका अनुसार संक्रमित हुनेमा उच्च अदालत दिपायलका १८ जना कर्मचारी, सरकारी कार्यालयमै कार्यरत थप एक जना कर्मचारी र एक जना थुनुवा रहेकाछन् ।
त्यस्तै शिखर नगरपालिकाका ३ जना, आदर्श गाउँपालिकाका एक जना, केआईसिंह गाउँपालिकाका एक जना, बोगटान फुड्सील गाउँपालिकाका ६ जना, जोरायल गाउँपालिकाका एक जना र बडिकेदार गाउँपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको हो ।
डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...
डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...