डोटी- सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गरी कोरोना भाइरस संक्रिय संक्रमितको संख्या एक हजार दुई सय ४४ पुगेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ५३१ कोरोनाका संक्रिय संक्रमित छन् ।
डोटीमा १०४ , कञ्चनपुरमा १२९, बझाङमा १४६, दार्चुलामा १३०, अछाममा ८१, बैतडीमा ५७, डडेल्धुरामा ५५ र बाजुरामा ६ जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ। सुदूरपश्चिमबाट हालसम्म सात हजार तीन सय ७९ जना डिस्चार्ज भएका छन्।
पछिल्लो २४ घण्टामा कैलालीबाट १५३, टीकापुरबाट नौ जना, कन्चनपुरबाट सात जना, सेती प्रादेशिक अस्पतालबाट तीन जना, महाकाली अस्पतालबाट एक जना डिस्चार्ज भएका छन्। सुदूरपश्चिममा दुई हजार चार सय ८४ जनाको थ्रोट स्वाबको रिपोर्ट आउन बाँकी छ।
प्रदेशमा हालसम्म संक्रमितको संख्या ८ हजार ६ सय ४२ पुगेको छ भने २५ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...