२०८० आश्विन १७, बुधबार
October 4, 2023, Wednesday
शुभकामना आदान प्रदान तथा स्वास्थ्य सामग्री वितरण कार्यक्रम

चाडपर्व र कोरोनालाई लक्षित गर्दै डोटी युनियनले सचेतना मुलक कार्यक्रम गर्ने

डोटी- नेपाल प्रेस युनियन डोटीले दशैं तिहारमा हुने संभावित विकृति, घटना तथा यो समयमा हुन सक्ने कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि सचेतना मुलक कार्यक्रम गर्ने निर्णय गरेको छ । युनियनले दिपायलमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा स्वास्थ्य सामग्री वितरण कार्यक्रमासचेतना मुलक सूचना, सन्देश तथा समाचार सामग्री प्रकाशन प्रसारण गर्ने निर्णय गरेको हो ।

दशैं तिहारको बीचमा हुन सक्ने घटना, दुर्घटना, फजुल खर्च, जुवातास तथा यो समयमा हुने कालोबजारी, अखाद्य बस्तुको विक्रिवितरण रोकथाम तथा नियन्त्रणका लागि सूचना, सन्देश तथा समाचार प्रकाशन प्रसारण गर्ने निर्णय गरेको छ । दशैं तिहारमा हुने भिडभाड, भेटघाट, यात्रुवाहक गाडीहरुमा हुने चापले गर्दा कोरोना संक्रमणको जोखिम उच्च हुने भएकाले जोखिम न्यूनिकरणका लागि सतकर्ता तथा स्वास्थ्य मापदण्डको पालना लगायतका विषयमा पनि सूचना, सन्देश, समाचार प्रकाशन प्रसारण गर्ने युनियनले जनाएको छ ।

जिल्लामा प्रकाशन प्रसारण हुने मिडियाबाट उक्त सामग्रीहरु अनिवार्य प्रकासन प्रशारण गर्न र दशैं तहारको बीचमा हुनसक्ने घटना, जुवातास, कालो बजारी र कोरोना जोखिमलाई लक्षित गर्दै रिपोर्टीङ्ग गर्न युनियनकर्मीलाई आग्रह गरिएको शाखाका सचिव पवन महराले जानकारी दिए । युनियनमा आबघद्ध पत्रकारहरुले सम्भावित घटना, जोखिम न्यूनिकरण, बजार अनुगमन, यात्रुबाहक साधनमा भौतिक दुरी, सार्वजनिक स्थलहरुमा स्वास्थ्य मापदण्ड, जुवातास, अबैध रुपमा मदिरा विक्रिवितरण, प्रहरी गस्ति परिचालन लगायतका विषमा केन्द्रित भएर प्रशासन, स्थानीय सरकारलाई बढी जिम्मेबार बनाउँन मिडियाबाट दवाव दिने महराले बताए ।

कार्यक्रममा जिल्लाका सबै युनियनकर्मीहरु भेला भएर शुभकामना आदान प्रदान तथा स्वास्थ्य सामग्री वितरण गरिएको शाखाका अध्यक्ष प्रकाश बमले जानकारी दिए । जिल्लामा कोरोना जोखिम बढ्दै गएकाले आफु सुरक्षित भएर कसरी रिपोर्टीङ्ग गर्न सकिन्छ, महामारीबाट जनतालाई जोगाउन, संक्रमण नियन्त्रण तथा रोकथाम गर्न मिडियाबाट कस्तो भुमिका खेल्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको अध्यक्ष बलमे बताए ।

डोटी युनियनले विभिन्न व्यक्ति तथा संस्थाहरुको सहयोगमा जिल्लामा क्रियाशिल पत्रकारहरुलाई चौथो पटक स्वास्थ्य सामग्री वितरण गरेको छ । युनियनकर्मीलाई यस अघि प्रेस जकेट उपलब्ध गराउनुका साथै ९८ जना प्रेस युनियनकर्मीहरुको कोरोना विमा समेत गरेको छ । कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष स्व। पत्रकार तेज बहादुर खड्का ९तेजु० को स्मृतीमा स्थापना गरिन लागेको तेजु स्मृति अक्षयकोषका लागि सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्नुका साथै सहयोगका लागि अन्य ब्यक्तिहरुसँग पनि अपिल गर्ने निर्णय भएको छ ।

कार्यक्रममा प्रेस युनियन डोटीमा आबद्ध दुई जना सदस्यहरुलाई बधाई ज्ञापन गरिएको छ । शाखाका साधारण सदस्य टेकराज अवस्थी नेपाली काँग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको सदस्यमा मनोनित भएकोमा बधाई ज्ञापन गरेको हो । त्यस्तै शाखाका अर्का साधारण सदस्य चक्र बलायर नेपाल प्रहरीमा प्रवेश गरेकोमा बधारई ज्ञापन गरिएको युनियनले जनाएको छ ।

युनियनले चाडपर्वको समयमा मानिसहरुको आवागमन बढ्ने, यातायातका साधनमा यात्रुहरु भरिभराउ हुने, बजार तथा धार्मिक स्थलहरुमा भिडभाड हुने, जोखिम युक्त ठाउँबाट चाडपर्व मनाउन आएका ब्यक्तिबाट संक्रमण फैलिने उच्च जोखिम हुने, बजारमा कालो बजारी हुने, अखाद्य बस्तुको विक्रिवितरण हुने, जुवातास जाडरक्सिले विसंगती विकृती तथा घटना बढाउने सम्भावना भएकाले सचेत रहेर चाडपर्व मनाउन र प्रशास लगायत सम्बन्धित निकायलाई संभावित जोखिम नियन्त्रणका लागि चनाखो हुन आग्रह गर्दै दशैं तथा तिहारको शुभकामना ब्यक्त गरेको छ ।

Related News

धनगढी-दिपायल द्रुतमार्ग कालोपत्र चाडै
धनगढी-दिपायल द्रुतमार्ग कालोपत्र चाडै
  • २०७७ कार्तिक ३

दिपायल – खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक...

TOP