धनगढी – धनगढीको जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिकको घाँटी रेटर हत्या भएकाे प्रहरीले जनाएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक घाँटी रेटेर हत्या भएको अवस्थाम शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महाननिरीक्षक उत्तम सुवेदीले बताए ।
डिआईजी सुवेदीले भने–‘असईको हत्या गरी मोहना नदीमा फालिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’
उनको घाँटीको तलबाट रेटिएको पाइएको सुवेदीले बताए ।
चौकीका इन्चार्ज बिक र प्रहरी जवान रामबहादुर साउँद शनिबार रातिदेखि बेपत्ता थिए । साउँद भने अझै बेपत्ता रहेका छन् । बेपत्ता प्रहरीको खोजीका लागि गोताखोर टोली घटनास्थल पुगेको छ । सशस्त्र प्रहरीको अत्तरिया स्थित ७ नम्बर बाहिनीको गोताखोर टोली घटनास्थल पुगी बेपत्ता साउँदको खोजी गरिरहेको छ ।
धनगढी उपमहानगरपालिका १२ जुगेडाको त्यस क्षेत्रमा भारतबाट विभिन्न सामान अवैध रुपमा नेपाल ल्याउने गरिएको छ । त्यस क्षेत्रमा तस्करको ठूलो सञ्जाल सक्रिय रहेकाले तस्करले नै हत्या गरेको हुनसक्ने प्रहरी अधिकारीहरु बताउँछन्।
चौकीबाट मोटरसाइकलमा राति साढे आठ बजे गस्तीमा निस्किएका दुवैजना साढे १० बजेदेखि सम्पर्क बिहीन भएका थिए ।
उनले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको छ भने बिकसँग रहेको हतियार फेला परेका छैन।
धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...