डोटी- सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
असोज १७ गते कोरोना पुष्टि भएका क्यान्सर पीडित पुरुषको आईतबार बिहान मृत्यु भएको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले पुष्टि गरेको छ ।
मृतकका आफन्तका अनुसार क्यान्सरका बिरामी समेत रहेका उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो । मेडिकल कलेजले उनलाई भर्ना लिन नमाने पछि धनगढी फिर्ता ल्याईएको थियो ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ ।
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...
काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो। अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...