२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

जिल्ला समन्वय समिति डोटीका संयोजक ऐर र उनको परिवारमा कोरोना संक्रमण

डोटी- जिल्ला समन्वय समिति डोटीका संयोजक राम ऐर र उनका परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । ऐरसँगै उनका श्रीमती नेकपा केन्द्रीय सदस्य गौरी वली र उनका छोरोमा पनि संक्रमण देखिएको छ ।

संयोजक ऐरले फेसबुक मार्फत आफु लगायत आफ्नो परिवारका सदस्यमा कोरोना संक्रमण भएको उल्लेख गर्दै आफ्नो सम्पर्कमा आएका ब्यक्तिलाई सावधान रहन अपिल गरेका छन् ।

संयोजक ऐरले फेसबुकमा लेखेकाछन्,‘असोज २४ गते मित्रशीत भेट भो २८ सम्म सङै बसियो २६ गते राती घाटिमा टन्सिल भो बिहान तातोपानीले टन्सिल ठिक भो,२७ र २८ गते सामान्य जरो रुघा लाग्यो २९ देखि त्यो नि सन्चो भो।हाल हाइ सन्चो छु । बुढी र बच्चालाइ सामान्य रुघा छ । तर हामी सबै कोरोना सङ्क्रमित भयौ । साबधान हुन मेरो सम्पर्कमा आउनु भएका सबैमा हार्दिक अपिल गर्दछु ।’

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ कार्तिक २

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP