२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday
तेजु स्मृति अक्षयकोष

अक्षयकोष स्थापनाका लागि करिब एकलाख जुट्यो

डोटी- नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’मा झण्डै एकलाख रकम संकलन भएको छ । नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्वर्गिय तेजबहादुर खड्का(तेजु)को स्मृतिमा डोटी शाखाले यो कोषको स्थापना गरेको थियो ।

शनिवारसम्ममा कोषमा ९७ हजार पाँचसय ५४ रकम जम्मा भईसकेको शाखाका सचिव पवन महराले जानकारी दिए । शनिबार शाखाका अध्यक्ष प्रकाशबहादुर बलमे आफ्नो जन्मोत्सवको अवसरमा ११ हजार एकसय ११ रकम घोषणा गरेसंगै संकलित रकम ९७ हजार नाघेको हो ।

यसैगरी पत्रकार तथा राजनीतिज्ञहरुले जन्मोत्सवका अबसरमा प्रदान गरेको रकमबाट यो रकम संकलन भएको डोटी शाखाले जनाएको छ ।

हालसम्ममा कोषमा नेपाल प्रेस युनियन महासचिब अजयबाबू शिबाकोटीले १० हजार एकसय ११, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मीन बमले ११ हजार एकसय ११, नेपाल प्रेस युनियन केन्द्रीय सदस्य तथा सुदुरपश्चिम संयोजक लाल ऐरीले १२ हजार दुईसय २२, नेपाल प्रेस युनियन केन्द्रीय सदस्य हरिष भट्टले ११ हजार एकसय ११, नेपाल प्रेस युनियन पुर्ब केन्द्रीय सदस्य मुकुन्द भण्डारीले १० हजार र नेपाल पत्रकार महासंघ डोटी शाखाका पुर्ब अध्यक्ष टेकेन्द्रले देउबाले १३ हजार पाँचसय ५५ रकम प्रदान गरेका छन् ।

यस्तै नेपाल प्रेस युनियन पार्षद गणेश प्रशाद जोशीले १३ हजार तीनसय ३३ र नेपाल तरुण दलका नगर सभापति लाल कठायतले पाँचहजार रकम कोषमा प्रदान गरेका छन् ।

प्रेस युनियनले स्वर्गिय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ । जसका लागि शाखाले विभिन्न व्यक्ति, संघसंस्थाहरुसँग सहयोगको आह्वान गरेको शाखाका सचिव महराले बताए ।

पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीनबर्षपछि मात्रै कंकाल भेटिएको थियो । जसको डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

स्वर्गिय पत्राकर खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए । उनि लोकप्रिय कार्यक्रम प्रस्तोता थिए । पछिल्लो समय उनि बाजुरामा रहेको रेडियो बुढीनन्दा एफएममा कार्यरत थिए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ कार्तिक १

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP