२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday
घोडाघोडी नगरपालिका

मेयरले भवन उद्घाटन गर्दैगर्दा शिलालेखमा उप–मेयरको ढुङ्गा प्रहार (भिडियो सहित)

कैलाली– कैलालीको घोडाघोडी नगरपालिकाकी उप–मेयरले भवन उद्घाटनका क्रममा विरोध जनाएकी छिन् । उपमेयर प्रेम कुमारी थापाले शिलालेखमा वडाअध्यक्ष सहितको नाम राखेको तर आफ्नो नाम नराखेको भन्दै शिलालेखमा ढुङ्गा प्रहार गरेकी हुन् ।

मेयर ममताप्रसाद चौधरीले नगरपालिकाको वडा नम्बर ७ को भवन उद्घाटन गर्दै गर्दा उपमेयर थापाले शिलालेखमा ढुङ्गा बजार्दै नाराबाजी सहित विरोध गरेकी हुन् । नाराबाजी सहित ढुङ्गा बजार्दै गर्दा हात हालाहालको अवस्था सिर्जना भएको भिडियो सार्वजनिक भएको छ ।

शिलालेखको विषयलाई लिएर मेयर उपमेयरबीच हात हालाहालको अवस्था सिर्जना भएपनि उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ कार्तिक १

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP