२०८० आश्विन १७, बुधबार
October 4, 2023, Wednesday

साइन नेपालद्वारा अछामका २ सय १६ बाढी पीडित परिवारलाई राहत वितरण

अछाम- साइन नेपाल धनगढीले अछामको रामारोसन गाउँपालिकाका बाढी पहिरो पीडितलाई राहत वितरण गरेको छ । संस्थाले गाउँपालिका संगको सहकार्यमा गाउँपालिकाका २ सय १६ जना बाढी पहिरो पीडितलाई राहत सामग्री वितरण गरेको हो ।

रामरोसन गाउँपालिकामा सञ्चालित केयर एण्ड रिलिफ परियोजाको आपतकालिन राहत तथा उद्धार कार्यक्रम अन्तर्गत गाउँपालिकाको वडा नम्बर ५ र ६ मा खाद्यान्न , म्याट्रिक्स र विल्याङ्केट लगायतका सामग्री वितरण गरिएको छ ।

भदौ २ गते राती रामारोसन गाउँपालिकाको वडा नम्बर ५ र ६ भइ वग्ने कैलाश खोलामा आएको विनासकारी बाढी पहिरोका कारण शैनबजार, घट्टेबगरका ८ जनाको ज्यान जानुका साथै ९ जना बेपत्ता भएका थिए । घटनामा ठुलो धन, जन, चौपायाको क्षति भएको थियो । विपतको घडीमा संस्थाले उपलब्ध गराएको खाद्यान्न र अन्य सामग्रीले गाउँपालिकालाई ठुलो सहयोग पुगेको कार्यपालिका सदस्य हरि परियारले बताए ।

आपतकालिन अवस्थामा संस्था जहाँ पनि परिचालन हुने गरेको साइन नेपालका अध्यक्ष भक्तराज जोशीले बताए । उनले रामारोशन गाउँपालिकामा संस्थाको कार्यक्षेत्र पनि रहेकाले पीडितको घाउमा मलपट्टी स्वरुप राहत वितरण गरिएको बताए । संस्थाले यस पछि पनि उक्त ठाउँमा बिभिन्न सिपमुलक र आय आर्जनका कार्यक्रम निरन्तर संचालन गर्नेे अध्यक्ष जोशीले वताए ।

राहत स्वरुप सो ठाउँमा ८ लाख ५३ हजार नौ सय ६० रुपैयाँ बराबरको खाध्यान्न तथा अन्य सामाग्री हस्तान्तरण गरिएको संस्थाका कोषाध्यक्ष मेखराज भट्टले बताए ।

बाढी पीडितलाई प्रति ब्यक्ति २५ किलो चामल, ३ किलो दाल, १ लिटर तेल, १ किलो नुन र १ किलो सोयाविन वितरण गरिएको छ । बाढीले घर पसल वगाएका तथा मानविय क्षति वेहोरेका ५० जनाका परिवारलाई थप म्याट्रिस वेड र विल्याङ्केट समेत वितरण गरिएको कोषाध्यक्ष भट्टले बताए ।

साइन नेपालले विगत देखि नै प्राकृतिक विपद, कोरोना नियन्त्रण लगायत विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

यस पटक गाउँपालिकामा ८ सय ९० घर परिवार बाढी पहिरोवाट पीडित भएको गाउँपालिकाको तथ्याङ्कमा छ । त्यसै गरि बाढी पहिरोका कारण गाउँपालिकामा १७ सिचाईकुला, ४ जलविद्युत आयोजना, ३ सय ५५ पशु चौपाय, चौतिस घर, १७ खानेपानी, १२ झुलुङ्गे पुलमा क्षती पुगेको रामारोसन गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत राम बहादुर भण्डारीले जानकारी दिए ।

गाउँपालिकाका अनुसार रामोरोसन सडक खनण्डबा १८ स्थानमा ४ हजार ६५ मिटर क्षति भएको छ भने २८ सय २८ खेत र ८ सय ८२ पाखो क्षेत्रफल जमिनमा क्षति पुगेको छ । जोखिमका कारण १ सय २७ परिवारले घर छोडेका छन् । बाढीले ४२ पसल बगाएको छ । ९६ वटा घरको छानामा पूर्ण क्षति भएको छ । यस अवधिमा गाउँपालिकाले वाढी पहिरोले गरेको क्षतिको विवरण संकलन गरेर प्रदेश सरकार र संघ सरकारमा पुनः निर्माण सहित माग गरि पठाइ सकिएको कार्यकारी अधिकृत भण्डारीले बताए । बाढी पीडितलाई विभिन्न संघ संस्था र विभिन्न राजनीतिक पार्टीले राहत संकल गरेर वितरण गरेको भण्डारीले बताए ।

Related News

धनगढी-दिपायल द्रुतमार्ग कालोपत्र चाडै
धनगढी-दिपायल द्रुतमार्ग कालोपत्र चाडै
  • २०७७ कार्तिक १

दिपायल – खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक...

TOP