२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

ग्यास सिलिण्डर पड्किदा तीन जना घाइते : एकको अवस्था गम्भीर

कैलाली- धनगढीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किदा तीन जना घाइते भएका छन् । घाइते मध्य एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाका अनुसार धनगढी उप–महानगरपालिका– ८ नवदुर्गा मन्दिर नजिकै बस्दै आएका स्थानीय हरिलाल विष्टको घरमा प्रयोग भएको खाना पकाउने ग्यास सिलिण्डर पड्किदा तीन जना घाईते भएका हुन् । घरमा राखेको ग्यास लिकेज भई विस्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घाईते हुनेमा ७० बर्षे घरधनी हरीलाल विष्ट सहित ६५ बर्षीया बिमला विष्ट र १५ वर्षीया महेश्वरी विष्ट रहेको जिलला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रतिक विष्टले बताए ।

घाइते सवैको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रबक्ता विष्टले बताए ।

Related News

नेपाल र चीनबीच १२ बुँदे सम्झौता
नेपाल र चीनबीच १२ बुँदे सम्झौता
  • २०७७ आश्विन २८

काठमाडौ – नेपाल र चीनबीच विभिन्न विकास परियोजनाअन्तर्गत १२ वटा...

TOP