२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

उच्च अदालत दिपायलका कर्मचारीमा कोरोना पुष्टि : प्रशासन बाहेकका सबै सेवा बन्द

डोटी- उच्च अदालत दिपायलका कर्मचारीमा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अदालतका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उच्च अदालतका अनुसार २१ गते दिपायलबाट धनगढी गएका कर्मचारीमा २४ गते कोरोना पोजेटिभ देखिएको थियो । संक्रमित कर्मचारीले २२ गते नै कोरोना परीक्षणका लागि नमुना दिएका थिए । दिपायलबाट गएको दोस्रो दिन नै नमुना दिएका उनमा कोरोना संक्रमण देखिएपछि उनि दिपायलबाटै संक्रमित भएर गएको हुनसक्ने आलंकन गरिएको छ ।

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार अदालतमा कार्यरत सबैको थ्रोट स्वाव संकलन गरेर परीक्षणका लागि जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पठाईएको छ ।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मंगलबार देखि केही दिनका लागि अदालतको आन्तरिक प्रशासनिक काम बाहेकका अन्य सेवाहरु बन्द गर्ने निर्णय भएको निमित्त रजिष्ट्रार सीता रेग्मीले शिखर समाचारलाई जानकारी दिइन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ आश्विन २६

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP