२०७८ मंसिर ११, शनिबार
November 27, 2021, Saturday
कोभिड - १९ अपडेट

आज ४ हजार ४७ जनामा कोरोना पुष्टि : ९ जना संक्रमितको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ।

पछिल्लो २४ घण्टामा १४ हजार ५३० जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म ११ लाख ९१ हजार ५१४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आज ३३ हजार ८८० जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १३ हजार ९२३ जना संस्थागत आइसोलेसनमा र १९ हजार ९५७ जना होम आइसोलेसनमा छन्।

४ हजार ८३१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

आज १ हजार ४७३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या ७७ हजार २७७ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ।

Related News

जंगे पिल्लर छेउमै उभिएर उम्मेदवारी  घोषणा
जंगे पिल्लर छेउमै उभिएर उम्मेदवारी घोषणा
  • २०७७ आश्विन २६

कैलाली – कांग्रेसका नव निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल विद्यार्थी संघका पूर्व कार्यवाहक केन्द्रीय अध्यक्ष क्षितिज भण्डारीले नेपाल–भारत सीमा...

हेर्दाहेर्दै महिलाले सेती पुलबाट हाम फालिन् , अवस्था अज्ञात
हेर्दाहेर्दै महिलाले सेती पुलबाट हाम फालिन् , अवस्था अज्ञात
  • २०७७ आश्विन २६

डोटी – दिपायल स्थित सेती नदीको पुल माथिबाट एक महिलाले हाम फालेकी छिन् । वरिपरिबाट हेर्दाहेर्दै पुलबाट हाम फालेकी ती...

तरुण अध्यक्ष बलायर र नेविसंघ अध्यक्ष खड्का कांग्रेस सचिवमा निर्वाचित
तरुण अध्यक्ष बलायर र नेविसंघ अध्यक्ष खड्का कांग्रेस सचिवमा निर्वाचित
  • २०७७ आश्विन २६

डोटी – नेपाली कांग्रेस डोटीको सचिवमा नारायण बलायर र गणेश खड्का निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत...

TOP