२०७८ बैशाख २४, शुक्रबार
May 7, 2021, Friday

सुदूरपश्चिमका थप तीन विमानस्थलमा उडान हुदै

डोटी- लामो समय देखि बन्द रहेका सुदूरपश्चिम प्रदेशका तीन वटा बिमानस्थलमा उडानको तयारी गरिएको छ । सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, डोटी र बझाङमा रहेका बिमानस्थलमा उडानको तयारी थालिएको हो ।

उडानको तयारी स्वरुप नेपाल नागरिक उड्यन प्राधिकरणले तीन वटै विमानस्थलमा प्राविधिक जनशक्ति खटाएको छ । बैतडीको पाटन, डोटीको दिपायल र बझाङको देवल विमानस्थलमा पुनः हवाई सेवा सञ्चालन गर्न नेपाल नागरिक उड्यन प्राधिकरणले प्राविधिक जनशक्ति खटाएको छ ।

केही दिन अघि मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले एकै दिन तयारी उडान उद्घाटन गरेका यी तीन वटा बिमानस्थलमा हवाई सेवा सञ्चालन गर्न प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर खटाएको धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए ।

उनका अनुसार टावर र अन्य उपकरण जडान नभएको अवस्था भएकाले प्राधिकरणले तत्कालका लागि भिएचएफ प्रणालीबाट हवाई सेवा सञ्चालन गर्न प्राविधिक जनशक्ति खटाएको छ । यहि असोज १७ गते तयारी उडान गरिएका तीनवटै विमानस्थलमा समिट एयरले नियमित हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

समिट एयर सुदूरपश्चिमका प्रतिनिधि हर्क मल्लले मंगलबार धनगढी–बझाङ उडान हुने जानकारी दिए । उनले बैतडी र डोटीका लागि केही दिनमा टुङगो लाग्ने बताए । धनगढीबाट बझाङको भाडा पाँच हजार ४८ रुपैँया कायम गरिएको छ भने धनगढी–बैतडीको भाडा तीन हजार आठ सय दुई रुपैँया तोकिएको छ । डोटीको भाडादर भने कायम भैसकेको छैन ।

बैतडी जिल्लामा साताको १ दिन बिहीबार विमान सञ्चालन गरिने छ भने बझाङमा दुईदिन हवाई सेवा सुचारु गरिने समिट एयर पश्चिम क्षेत्रिय निर्देशक सरोज उप्रेतीले जानकारी दिएका छन् । २०५२ सालदेखि उडान बन्द भएको बैतडीको पाटन एयरपोर्ट मा २५ वर्ष पछि पुनः हवाई सेवा सुचारु हुन लागेको हो । बैतडीमा २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो । बझाङ विमानस्थल २०५२ साददेखि सञ्चालनमा आएर २०६४ सालमा बन्द भएको थियो ।

Related News

सुदूरपश्चिममा कोरोना सङ्क्रमितको उपचार तथा व्यवस्थापन असहज
सुदूरपश्चिममा कोरोना सङ्क्रमितको उपचार तथा व्यवस्थापन असहज
  • २०७७ आश्विन २६

मुलुक यतिबेला कोरोना भाइरस महामारीको चपेटामा छ। सुदूरपश्चिम प्रदेश पनि यो रोगको महामारीवाट अछुतो छैन। प्रदेशका तराइका कैलाली र कञ्चनपुरमा...

डोटीका २३ सहित सुदूरपश्चिमका ७८५ जनामा कोरोना पुष्टि : ६४ जनाले कोरोना जिते
  • २०७७ आश्विन २६

डोटी- पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल १८३२ नमूना परीक्षण गर्दा ७८५ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय...

सुदुरपश्चिम प्रदेश प्रमुख  यादबद्धारा पदभार ग्रहण
सुदुरपश्चिम प्रदेश प्रमुख यादबद्धारा पदभार ग्रहण
  • २०७७ आश्विन २६

धनगढी- नवनियुक्त सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगाप्रसाद यादवले शुक्रवार पदभार ग्रहण गरेका छन् । धनगढी आएको लगत्तै प्रदेश प्रमुख यादवले...

TOP