२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

एकल महिला समुह डोटीद्वारा एकल महिलालाई राहात वितरण

डोटी- एकल महिला समुह डोटीद्वारा सीमान्तकृत अपाङ्ग तथा एकल महिलाहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिकाका एक सय २० जना सीमान्तकृत अपाङ्ग तथा एकल महिलाहरुलाई राहत स्वरुप उक्त सामग्री वितरण गरिएको हो ।

मानब अधिकारका लागि महिला, एकल महिला समुह डोटीले सीमान्तकृत महिलाहरुको आवाज तथा सहभागीता परियोजना अन्तरगत प्रति व्यक्ति २५ किलो चामल, दाल, चना, तेल, साबुन, मास्क, सेनेटाइजर लगायतका सामग्री वितरण गरेको हो ।

कोभिड १९ का कारण सृजित लकडाउन र त्यसपछि निम्तिएको समस्याका कारण सीमान्तकृत अपाङ्ग तथा एकल महिलाहरुलाई जिपिकोपार्जन गर्न निकै समस्या देखिएकोले राहत सामग्री वितरण गरिएको मानब अधिकारका लागि महिला, एकल महिला समुह डोटीकी कार्यक्रम संयोजक लक्ष्मी देउबा बमले बताइन् । एकल महिलाहरु, दैनिक मजदुरी गर्ने महिलाहरु कोरोना संक्रमणको उच्च जोखिम र आर्थिक समस्यामा परेको बताउँदै संयोजक बलमे उनिहरुका लागि स्वास्थ्य तथा खाद्यान्न सामग्रीको जोहो गरिएको बलमे बताइन् ।

समुहले जिल्लाको दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिकामा तीन सय जनालाई राहत सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ । त्यसै अन्तरगत आईतबार पूर्वीचौकी गाउँपालिकामा खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेको हो । दिपायल सिलगढी नगरपालिकामा सोमबार सामग्री वितरण गर्ने कार्यक्रम रहेको एकल महिला समूहले जनाएको छ ।

‘आयस्रोतको कुनै पनि बाटो नभएका समयमा चाडपर्व आउँदै गर्दा हातमुख कसरी जोड्ने भन्ने चिन्ता थियो, स्थानीय एकल महिला बिस्ना देबि नेपालीले भावुक हुँदै भनिन्,‘थोरै भएपनि खाद्यान्न मिलेको छ । यसले ठुलो राहत महसुस भएको छ ।’

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ आश्विन २६

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP