२०७८ आश्विन ९, शनिबार
September 25, 2021, Saturday

सुदूरपश्चिममा ३ महिनामा १३ युवति आफन्तबाटै बलात्कृत

कैलाली- सुदूरपश्चिममा चालु आर्थिक बर्षको ३ महिनाको अवधिमा बलात्कार सम्बन्धी परेका १८ उजुरी मध्य १३ जना युवति बुबा, भाई, मामा, छोरा, ठुला बुबा बाट बलात्कृत भएका छन् ।

 बलात्कृत हुने अधिकांस १५ बर्ष भन्दा मुनिका रहेको प्रहरीको त्थ्याङ्कले देखाउँछ ।

 सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्याङ्क अनुसार असार १७ गते बैतडीको पञ्चेश्वर गाउँपालिका–४ मा आफ्नै बुबाले ११ बर्षे छोरीलाई बलात्कार गरेको भन्दै जिप्रका बैतडीमा जाहेरी परेकोमा साउन १ गते मुद्धा दर्ता गरिएको छ ।

 डडेल्धुराको भागेश्वर गाउँपालिका ४ मा काकाले भतिजिलाई र बाजेले नातीनीलाई पटक–पटक बलात्कार गरेको आरोपमा उनिहरुलाई साउन १ गते पक्राउ गरी अलादतको आदेशपछि पुर्पक्षका लागि थुनामा राखिएको छ । उनिहरुले फागुन देखी बालिकालाई पटक–पटक बलात्कार गरेको आरोप छ ।

 बाजुराको बुढी गंगा नगरपालिका–२ का २७ युवकले आफ्नै १४ बर्षकी छोरीलाई २०७६ पुष देखी पटक–पटक बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । उनलाई साउन २९ गते पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

 कञ्चनपुरको बेलौरी नगरपालिका–५ मा बुबाले छोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ गरेका छन् । उनलाई साउन ३० गते पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

 कञ्चनपुरकै वेदकोट नगरपालिका–५ मा मामाले भान्जिलाई बलात्कार गरेको आरोपमा प्रहरीले २८ बर्षे युवकलाई साउन ४ गते पक्राउ गरी उनिमाथी थप अनुसनधान भइरहेको छ ।

 कञ्चनपुरकै लालझाडी गाउँपालिका–६ मा छोराले आमालाई करणी गरेको भन्दै परेको आरोपमा प्रहरीले भदौ १२ गते उनलाइ पक्राउगरी पुर्पक्षका लागि आरोपित छोरालाई कारागार चलान गरिएको छ ।

 दार्चुलामा बुबाले छोरीलाई बलात्कार गरेको आरोपमा युवकलाई प्रहरीले पक्राउ गरी भदौ २२ गते देखी उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको ।

 बैतडीको सिगास गाउँपालिका–८ मा दाजुले बहिनीलाई बलात्कार गरेको आरोपमा युवकलाई साउन २८ गते पक्राउ गरी अनुसन्धान भइरहेको ।

 डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मा दाजुले बहीनीलाई जबरजस्ती करण गरेको आरोपमा प्रहरीले भदौ १५ गते एक युवकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको ।

 डोटीको जोरायल गाउँपालिका–५ मा बुबाले छोरीलाई बलात्कार गरेको आरोपमा १ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको ।

 कैलालीको गोदावरी नगरपालिका–३ मा ११ बर्षे छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १ जनालाई साउन १९ गते पक्राउ गरी अनुसन्धान गरीरहेको ।

 साउन ४ गते कैलालीको घोडाघोडी नगरपालिकामा बुबाले आफ्नै १४ बर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ ।

भदौ १८ गते कैलालीको गोदावरी नगरपालिका ११ मा १९ बर्षे युवकले आफ्नै बहिनीलाई करणी गरेको आरोपमा पक्राउ ।

 यसरी हेर्दा चालु आर्थिक बर्षमा भएका जबरजस्ति करणी तथा बलात्कार समबन्धि परेका उजरी मध्य ९२ प्रतिशत घटना आफ्न्तबाट भएको प्रहरीको तथ्याङ्क छ ।

किन आफन्तबाटै असुरक्षित छोरी

 पछिल्लो समय अधिकांस युवतिहरु परिवारकै सदस्यबाट बलात्कृत हुँदा नैतिक शिक्षा र चेतना स्तरमा प्रश्न उठ्न थालेको छ । के समाजमा नैतिक शिक्षाको खडेरी परेको छ त < भन्ने प्रश्न समेत यो ३ महिनाको तथ्याङ्कले उब्जाएको छ ।

 ‘समुदायमा नैतिकताको खाँचो अपरिहार्य जस्तै देखिएको छ’ सुदूरपश्चिम प्रदेश प्रहरी प्रबक्ता मुकेशकुमार सिंहले भने–‘अहिले सम्मको ट्रेन हेर्दा नैतिक शिक्षा नहुनु र खराब आचरण भएका व्यक्तिबाट यस्ता घटना भएका छन् ।’

 समाजिक संस्कार र संस्कृतिले पनि सामाजमा यस्ता खालका घटना हुन बाट रोक्ने गरेको बताउादै उनले पछिल्लो समय सामाजिक संस्कारमा विचलन आउन थालेको बताए ।

 ‘समाजमा धेरै बालबालिका अन्यायमा पर्नेगरेका भएपनि कतिपय बालिकाले आफुमाथी भएको अन्याय बाहिर ल्याउन सक्दैनन्’ एसएसपि सिंहले भने–‘तर अभिभावकले थोरै चनाखो भएमा घटना बाहिर आउन सक्दछ, त्यसैले आफ्ना बालबलिकोको हाउभाउ र रहन सहनका बारेमा अभिभावकले बढी जानकाररी लग्नु पर्दछ ।’

 कतिपय अवस्थामा भने परिवारलाई घटनाका बारेमा जानकारी हुँदाहुँदै इज्जत जाने डरले घटना बाहिर ल्याउन नमान्दा दोसीले उन्मुक्ति पाउने मात्र नभई तिनै व्यक्तिबाट थप हिंसा हुनेगरेको प्रबक्ता सिंहको भनाई छ ।  

 अधिकार कर्मी सावित्री घिमिरे आफन्तबाट युवति असुरक्षित हुनु नौलो नभएपनि बाहिर आउनु नौलो भएको बताउँछिन् ।

  ‘बर्षौ देखी छोरीहरु घर परिवारबाटै असुरक्षित हुँदैआएकोमा परिवारको इज्जत, मान र प्रतिष्ठानको डरले अन्याय लुकाउन बाध्य हुदै आएका थिए’ उनले भनिन्–‘तर चेतनाको स्तर बढ्दै जाँदा महिलाहरुले आफु माथी भएको अन्याय बाहिर ल्याउन थालेका छन्, जसका कारण अहिले त्यसता घटना बढेका देखिन्छन् ।’

 नैतिकताको सवालमा घिमिरे र प्रहरी प्रबक्ताको एउटै भनाई छ । ‘समाजलाई चेतनशिल बनाउँन नैतिकताको पाठ सिकाउनु आवश्यकछ’ अकिार कर्मी घिमिरेले भनिन्–‘अहिलेको पिढीमा नैतिकता हराएको छ ।’

 उनले कानूनको कढाईका साथ पालना नगर्दा र पहुचका भरमा दोसीलाई उन्मुक्ति दिने खालका क्रियाकलाप हुँदखा अपराध झनै बढ्ने गरेको बताइन् ।

 ‘यस्तो प्रपृतिलाई निरुत्साहन गर्न दण्ड हिनताको अन्त्य हुनुपर्दछ’ उनले भनिन्–‘समाजका हरेक नागरिकलाई नैतिक शिक्षा दिनु पर्दछ ।’

Related News

समाज कल्याण परिषदका पदाधिकारीले दिए सामूहिक राजीनामा
समाज कल्याण परिषदका पदाधिकारीले दिए सामूहिक राजीनामा
  • २०७७ आश्विन २५

काठमाडौं – सरकार परिवर्तन भएसँगै समाज कल्याण परिषद्का पदाधिकारी पनि बाहिरिएका छन् । तत्कालिन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले...

चितवनबाट बादलले भने, ‘अबको चुनाव प्रचण्ड भर्सेस बादल हुन्छ’
चितवनबाट बादलले भने, ‘अबको चुनाव प्रचण्ड भर्सेस बादल हुन्छ’
  • २०७७ आश्विन २५

काठमाडौँ – नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा‘बादल’ले आफू प्रचण्डसँग चुनाव लड्न तयार भएको बताएका छन् । आज...

एमालेको केन्द्रीय कमिटी बैठक सुरु, विधान महाधिवेशनबारे छलफल
एमालेको केन्द्रीय कमिटी बैठक सुरु, विधान महाधिवेशनबारे छलफल
  • २०७७ आश्विन २५

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको हो ।...

TOP