डोटी- सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पता र डोटी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आइतबार सुदूरपश्चिमका थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेतीमा ७७, डडेल्धुरामा १० र डोटीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको ४ सय ६२ जनाको स्वाव परीक्षणमा कैलाली, कञ्चनपुर र बैतडीका गरी ७७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ३२ जना, लम्किचुहा नगरपालिकाका १० जना, टीकापुर नगरपालिकाका १० जना, गौरीगंगा नगरपालिका–१ का ४ जना, गोदावरी नगरपालिकाका ३ जना र भजनी नगरपालिका–५ का २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका ७ जना, पुर्नरवास नगरपालिका र भीमदत्त नगरपालिकाका ४÷४ जनामा संक्रमण पुष्टि हुँदा बैतडी सुर्नया गाउँपालिका–१ का एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
यसै गरी आइतबार नै डोटी प्रयोगशालामा गरिएको १ सय १ स्वाव परिक्षणमा अछामको मंगलशेन नगरपालिकाका १ र डोटीको दिपायल सिलगढी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इनचार्ज शौरभ श्रेष्ठले बताए ।
आइतबार नै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको २ सय २४ जनाको स्वाव परिक्षणमा बैतडीको सिगास गाउँपाकिलाका २ र डोटीको जोरायल गाउँपालिकाका ८ गरी १० जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल ल्याव टेक्नोलोजिस्ट जिनि गणेजुले बताए ।
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...
काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो। अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...