डोटी । डोटीमा स्थानीय तह कर्मचारी तदर्थ समिति गठन गरिएको छ । डोटीका ९ वटै स्थानीय तहमा कार्यरत कर्मचारीहरुको भेलाले शनिबार समिति गठन गरेको हो ।
शिखर नगरपालिकामा शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत शेरबहादुर कार्कीको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा पूर्वीचौकी गाउँपालिकामा कार्यरत विदोद भट्ट, जोरायल गाउँपालिकामा कार्यरत हेमा कपड्याल चयन भएका छन् ।
सचिवमा सायल गाउँपालिकामा कार्यरत विक्रमराज भट्टराई, सहसचिवमा आदर्श गाउँपालिकामा कार्यरत दिल्लीराज जोशी, कोषध्यक्षमा दिपायल सिलगढी नगरपालिकामा कार्यरत चन्द्र अधिकारी चयन भएका छन् ।
समितिको सदस्यमा देवबहादुर खडायत, विवेक देउवा, उमेश जोशी, मिन बहादुर कुवँर, नविन सिंह ठगुन्ना, सुमित्रा थापा मगर, परशुराम रिजाल, विमला पौड्याल र रविन्द्र साउँद चयन भएका हुन् ।
समितिले पेशागत हकहित, स्थानीय सरकारसँग समन्वयात्मक छलफल लगायतका विषयमा कार्य गर्ने नवनिर्वाचित अध्यक्ष कार्कीले बताए ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...