२०८० मंसिर १९, मंगलवार
December 5, 2023, Tuesday

धनगढी उप–महानगरपालिकाद्धारा ४ हजार २ सय ५४ जनाको पिसिआर परीक्षण

कैलाली- धनगढी उप–महानगरपालिकाले आईतबार बिहान सम्म लक्षण देखिएका र कन्ट्राक्ट ट्रेसिङ्गका आधारमा ४ हजार २ सय ५४ जनाको पिसिआर परीक्षण गरेको छ ।

नगर क्षेत्रमा ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा कोरोना संक्रमण देखिए पछि डेढ महिना देखि समुदायमै क्याम्प राखेर पिसिआर परीक्षण गरिरहेको थियो । नगरप्रमुख नृपबहादुर वडका अनुसार एक साता यता धनगढी उप–महानगरपालिकाले आफ्नै परिसर अगाडी स्थापना गरेको स्वाव संकलन केन्दबाट स्वाव लिई गरिरहेको छ । त्यसैगरी उप–महानगरपालिकाको बेली शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट पनि स्वाव संकलन गर्ने कामलाई निरन्तरता दिएको नगरप्रमुख वडले बताए ।

स्वाव दिनेहरुमा संक्रमित भेटिएका परिवारका सदस्य, प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरु नै बढी भएको स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले बताए । उनले भने, कोरोना पोजेटिभ रहेकाहरुको फलोअप परीक्षणका लागि स्वाव संकलन गर्ने काम पनि भैरहेको छ । दैनिक १ सय देखि २ सय जना सम्मको स्वाव संकलन गर्ने काम भैरहेको पनि उपाध्यायले बताए ।

धनगढीमा अहिले सम्म ९ सय १७ जनामा कोरोनाको संक्रमण रहेको छ । जसमा १ सय ८९ जना कोरोनाका संक्रमितहरु सक्रिय केश रहेका छन् । अहिले सम्म ७ सय २५ जनालाई निको भएको उप–महानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । कैलालीधनगढी, २५ असोज
धनगढी उप–महानगरपालिकाले आईतबार बिहान सम्म लक्षण देखिएका र कन्ट्राक्ट ट्रेसिङ्गका आधारमा ४ हजार २ सय ५४ जनाको पिसिआर परीक्षण गरेको छ ।

नगर क्षेत्रमा ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा कोरोना संक्रमण देखिए पछि डेढ महिना देखि समुदायमै क्याम्प राखेर पिसिआर परीक्षण गरिरहेको थियो । नगरप्रमुख नृपबहादुर वडका अनुसार एक साता यता धनगढी उप–महानगरपालिकाले आफ्नै परिसर अगाडी स्थापना गरेको स्वाव संकलन केन्दबाट स्वाव लिई गरिरहेको छ । त्यसैगरी उप–महानगरपालिकाको बेली शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट पनि स्वाव संकलन गर्ने कामलाई निरन्तरता दिएको नगरप्रमुख वडले बताए ।

स्वाव दिनेहरुमा संक्रमित भेटिएका परिवारका सदस्य, प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरु नै बढी भएको स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले बताए । उनले भने, कोरोना पोजेटिभ रहेकाहरुको फलोअप परीक्षणका लागि स्वाव संकलन गर्ने काम पनि भैरहेको छ । दैनिक १ सय देखि २ सय जना सम्मको स्वाव संकलन गर्ने काम भैरहेको पनि उपाध्यायले बताए ।

धनगढीमा अहिले सम्म ९ सय १७ जनामा कोरोनाको संक्रमण रहेको छ । जसमा १ सय ८९ जना कोरोनाका संक्रमितहरु सक्रिय केश रहेका छन् । अहिले सम्म ७ सय २५ जनालाई निको भएको उप–महानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध

  • २०७७ आश्विन २५

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP