२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिममा प्रहरीको बिशेष टोली परिचालन

धनगढी – सुदूरपश्चिममा चाडपर्वका बेला हुने विकृती तथा अपराधिक गतिविधी नियन्त्रण गर्न बिशेष टोली परिचालन गरिने प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहका अनुसार चाडपर्बलाई मध्यनजर गरी बनाईएको विशेष सुरक्षा योजना अन्तरगत अपराध नियन्त्रणका लागि विशेष टोलीहरु परिचालन गरिने छ ।

चाडपर्वमा हुने सामाजिक विकृती तथा जघन्य अपराध न्यूनीकरणका लागि प्रदेशभर ७८ जना सादा पोशाकका प्रहरी परिचालन हुने उनले बताए । यसैगरी बैँक तथा वित्तिय संस्था, सुनचाँदीको कारोबार हुने स्थानको सुरक्षाका लागि एक सय ३३ जना प्रहरी खटाईएको उनको भनाई छ ।

यात्रुलाई लक्षित गर्दै कैलाली सहित ९ वटै जिल्लाका ४० स्थानमा हेल्थ डेस्क स्थापना, उपभोक्ताको हक हितका लागि स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमनलाई प्रभावकारी बनाईने रणनीति समेत अवलम्बन गरिएको प्रदेश प्रहरी प्रबक्ता सिंहले जानकारी दिए ।

विशेष सुरक्षा योजना अन्तरगत शान्ति, सुरक्षा कायम गर्न प्रदेशभर पाँच हजार ५० जना प्रहरी परिचालन गरिने प्रहरी वरिष्ठ उपरिक्षक सिहले जानकारी दिए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ आश्विन २५

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP