२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

सुदूरपश्चिममा १९ जना कोरोना संक्रमितको मृत्यु

धनगढी- सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ ।

शनिबार राती सेती प्रादेशिक अस्पतालमा उपचाररत १ जनाको मृत्यु भएसंगै प्रदेशभर मृत्यु हुनेको संख्या १९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

शनिबार मृत्यु हुनेमा धनगढी–३ का ५२ बर्षे पुरुष रहेका छन् । उनि स्वास्थ्यमा गम्भिर समस्या देखापरेपछि असोज २० गते अस्पताल भर्ना भएका थिए । उनि संगै कैलालीमा संक्रमणका कारण मृत्यु हुनेको संखया १० पुगेको छ ।

यसै गरी अछाममा २, बझाङमा २ र बाजुरामा २ तथा कञ्चनपुर, डडेल्धुरा र बैतडीमा १÷१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञपितमा उल्लेख छ ।

Related News

अपाङ्ग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ
अपाङ्ग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ
  • २०७७ आश्विन २५

बझाङ – बझाङमा करणी आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका...

TOP