डोटी- ग्रामिण जलस्रोत ब्यवस्थापन परियोजनामा कार्यरत बिनोद खड्काको मृत्यूको सत्यतथ्य छानबिनको लागि माग गरिएको छ । बिहीबार गैर सरकारी संस्था महासंघ डोटीले प्रमुख जिल्ला अधिकारीलाई घटनाको सत्यतथ्य छानबिनको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।
खड्काको असोज २० गते बडीकेदार गाउ“पालिकाको बिपीनगरभन्दा अढाईघण्टा टाढा गोलेचौड स्थित सडक छेउमा बेहोस अवस्थामा फेला परेका थिए । उपचारका लागि धनगढी लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो ।
गैससका अध्यक्ष रघु कठायतद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रर्मा उनको अकस्मात भएको मृत्यू प्रति आशंका रहेको उल्लेख गरिएको छ । महासंघ डोटीले शंका गर्नु पर्ने ४ वटा आधारहरु समेत उल्लेख गरेको छ ।
मृतक खड्कासंग रहेको मोबाइल घटनास्थलमा प्राप्त नहुनु, मृतक बेहोस अवस्थामा रहेका बेला मोटरसाइकलको चाबि खल्तीमा भेटिनु, राति अबेरसम्म सुतेको मान्छे बिहान ५ भन्दा अगाढी उठेर एक्लै मोटरसाइकल चलाएर जानु तथा मोटरसाइकलको पछिल्लो टायरको छाप नदेखिदा घटना शंकास्पद रहेको बताइएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराईले सत्यतथ्य छानबिनमा जोड दिने बताए ।
डोटी – नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष अरुण कुमार बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग...
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार...
प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ डोटी- केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता...