२०७७ मंसिर १६, मंगलवार
December 1, 2020, Tuesday

संक्रमण बढेपनि तत्काल लकडाउन हुँदैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेपनि तत्काल लकडाउन नहुने बताएको छ ।

गत असोज ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सिफारिस गरेको थियो ।

मुलुकभर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा लकडाउन गर्ने वा नगर्ने भन्ने दवाव सरकारलाई छ ।

यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने तत्काल लकडाउन नगर्ने मनस्थितिमा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अझै पनि अस्पतालहरुले बिरामीको संख्या धान्न सक्ने भएकाले अर्को निर्णय नभएसम्म लकडाउन नहुने बताएका छन् ।

बुधबार २१ गते अर्थात् हिजो मुलुकभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना पुगेको छ ।

Related News

सचिवालय बैठकको औचित्य छैन : प्रधानमन्त्री ओली
सचिवालय बैठकको औचित्य छैन : प्रधानमन्त्री ओली
  • २०७७ आश्विन २२

काठमाडौं- आन्तरिक विवादमा रुमल्लिएको नेकपा सचिवालयको बैठकमा दुई अध्यक्षबीचको तिक्तता बढ्दो छ। मंगलबारको सचिवालय बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय भए...

केआईसिंह गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार : संयोजकमा भट्टराई
केआईसिंह गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार : संयोजकमा भट्टराई
  • २०७७ आश्विन २२

प्रदेश सरकार शरिरमा भएको गलगाँड डोटी- राष्ट्रिय जनमोर्चाले केआईसिंह गाउँपालिकामा संगठन विस्तार गरेको छ । मंगलबार आयोजना गरिएको गाउँपालिका स्तरीय...

एमालेबाट निर्वाचित डडेल्धुराका  वडाध्यक्षले राजीनामा दिए
एमालेबाट निर्वाचित डडेल्धुराका वडाध्यक्षले राजीनामा दिए
  • २०७७ आश्विन २२

सहकर्मीले असहयोग गरेको भन्दै डडेल्धुराका एक निर्वाचित वडाध्यक्षले राजीनामा दिएका छन् । तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका आलिताल गाउँपालिका–१ का...

TOP