२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday
कोभिड - १९ अपडेट

सुदूरपश्चिममा ८९३३० जनाको स्वाव परिक्षण : ७७८० जनामा संक्रमण

धनगढी- सुदूरपश्चिम प्रदेशमा ८९ हजार भन्दा बढीको स्वाव परिक्षण गरिएको छ । प्रदेशमा बुधबार सम्म संकलित ८९ हजार ३ सय ३० स्वाव मध्य ८८ हजार २ सय ९० स्वावको परिक्षण भएको प्रदेश सामाजिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार परिक्षण भएका स्वाव मध्य ७ हजार ७ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संकलित स्वाव मध्य १ हजार ४० स्वावको नतिजा आउन वाँकी रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेशमा संक्रमण पुष्टि भएका मध्य बुधबार सम्म ६ हजार ६ सय ८८ जना संक्रमित निको भएका छन् । प्रदेशमा अहिले एक हजार ७४ जना संक्रिय संक्रमित रहेका छन् ।

अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका दुई हजार दुई सय ३० जनाले कोरोना जितेका छन् भने पाँच सय ७० जना संक्रिय संक्रमित रहेका छन् । यस्तै अछामका एक हजार ३१ कोरोना मुक्त भएका छन् भने ५२ जना संक्रिय संक्रमित रहेका छन् ।

यसैगरी डोटीमा एक सय २४, कञ्चनपुरमा ९९,बझाङका एक सय नौँ, बैतडीमा ३३, डडेल्धुरामा १२, दार्चुलाका ७३ जना संक्रिय सक्रमित रहेका छन् ।

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ आश्विन २२

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ आश्विन २२

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ आश्विन २२

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP