२०७८ जेष्ठ ३१, सोमबार
June 14, 2021, Monday

बेहोस अवस्थामा फेला परेका एनजिओकर्मी खड्काको निधन

डोटी- बेहोस अवस्थामा फेला परेका एनजिओकर्मी विनोद खड्काको निधन भएको छ । कार्यक्षेत्रमा जादै गर्दा बेहोस अवस्थामा फेला परेका खड्काको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै निधन भएको हो ।

आदर्श गाउँपालिका वडा नं. १ बाँझ घर भएका खड्का मंगलबार बिहान बडिकेदार गाउँपालिका वडा नं। १ विपि नगरबाट दुई किलोमिटर अगाडी गोलेचौडमा बेहोस अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार घटना स्थलबाट सवा ८ बजे उद्धार गरेर विपिनगर स्वास्थ्य चौकीमा ल्याउँदा खड्का बेहोस अवस्थामा रहेकाले त्यहाँ उपचार सम्भव नभएपछि उनलाई गाउँपालिकाको एम्वुलेनसमा धनगढी पठाईएको थियो ।

मृतक खड्का केदार ग्रामिण विकास समाज नेपालले सहजिकरण गरिरहेको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत थिए । विपिनगरबाट गाउँपालिकाको कार्यालय तिर मंगलबार बिहान ५ बजे मोटरसाइकलमा हिडेका खड्कालाई गाउँपालिकाका कर्मचारी तिलम साउँदले बिहान ८ बजे मात्रै बाटोमा बेहोस अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय विपिनगरका इन्चार्ज ईन्सपेक्टर लाल बहादुर ऐरले जानकारी दिए ।

खड्का सवार से ५ प २६३१ नम्बरको मोटरसाइकल सडकमा ढलेको अवस्थामा फेला परेको छ । मोटरसाइकलनमा कुनै पनि क्षेती नभएको र खड्काको शरिरमा चोट पटक समेत नदेखिएकोे इन्सपेक्टर ऐरले बताए । घटना के कति कारणले भएको हो भन्ने बारे अनुसनधान पछि मात्रै भन्न सकिने उनले बताए ।

मृतक खड्को शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटी ल्याउदै गरेको आफन्तले जनाएका छन् । एनजिओकर्मीहरुले घटना संकास्पद भएकाले घटनाको गहिरो छानविन हुनुपर्ने माग राखेका छन् ।

Related News

डोटीमा बालविवाह बदर
डोटीमा बालविवाह बदर
  • २०७७ आश्विन २०

डोटी – डोटीमा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ । जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल...

सरकारको निरंकुश हमलाका विरुद्ध ऐक्यवद्धता जनाउन पाँच पूर्वप्रधानमन्त्रीको अपिल
सरकारको निरंकुश हमलाका विरुद्ध ऐक्यवद्धता जनाउन पाँच पूर्वप्रधानमन्त्रीको अपिल
  • २०७७ आश्विन २०

पाँच जना पूर्वप्रधानमन्त्रीले नेपालमा संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि भइरहेको निरंकुश हमलाका विरुद्ध ऐक्यवद्धता जनाउन नेपाली...

को हुन गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त कृष्णचन्द्र ?
को हुन गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त कृष्णचन्द्र ?
  • २०७७ आश्विन २०

पोखरा- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार...

TOP