२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

डोटीको बडीकेदारमा कार्यरत एनजिओकर्मी बेहोस अवस्थामा फेला

डोटी– डोटीको बडीकेदारमा कार्यरत एनजिओकर्मी बेहोस अवस्थामा फेला परेका छन् । केदार ग्रामिण विकास समाज नेपालले सहजिकरण गरिरहेको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत विनोद खड्का बेहोस अवस्थामा फेला परेका हुन् ।

ईलाका प्रहरी कार्यालय विपिनगरका अनुसार बडीकेदार गाउँपालिका वडा नं. १ विपि नगरबाट दुई किलोमिटर अगाडी गोलेचौडमा खड्का बेहोस अवस्थामा फेला परेका हुन् ।

विपिनगरबाट गाउँपालिकाको कार्यालय तिर मंगलबार बिहान ५ बजे मोटरसाइकलमा हिडेका खड्कालाई गाउँपालिकाका कर्मचारी तिलम साउँदले बिहान ८ बजे बाटोमा बेहोस अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय विपिनगरका इन्चार्ज इन्सपेक्टर लाल बहादुर ऐरले जानकारी दिए ।

खड्का सवार से ५ प २६३१ नम्बरको मोटरसाइकल सडकमा ढलेको अवस्थामा फेला परेको छ । मोटरसाइकलनमा कुनै पनि क्षेती नभएको र खड्काको शरिरमा चोट पटक समेत नदेखिएकोे इन्सपेक्टर ऐरले बताए । घटना के कति कारणले भएको हो भन्ने बारे अनुसनधान पछि मात्रै भन्न सकिने उनले बताए ।

घटना स्थलबाट सवा ८ बजे उद्धार गरेर विपिनगर स्वास्थ्य चौकीमा ल्याउँदा खड्का बेहोस अवस्थामा रहेकाले त्यहाँ उपचार सम्भव नभएपछि उनलाई गाउँपालिकाको एम्वुलेनसमा धनगढी पठाईएको इन्सपेक्टर ऐरले शिखर समाचारलाई जानकारी दिए ।

एनजिओकर्मीहरुले घटना संकास्पद भएकाले घटनाको गहिरो छानविन हुनुपर्ने माग राखेका छन् ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ आश्विन २०

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP