२०७७ फाल्गुन २०, बिहीबार
March 4, 2021, Thursday

पत्रकार देउवाद्वारा तेजु स्मृति अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग

डोटी- नेपाल प्रेस युनियनका नेता तथा नेपाल पत्रकार महासंघ डोटीका पूर्व अध्यक्ष पत्रकार टेकेन्द्र देउवाले तेजु स्मृति अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग गरेका छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर अक्षयकोषमा १३ हजार पाँच सय ५५ रुपैंया सहयोग गरेका हुन् ।

नेपाल प्रेस युनियन डोटीले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु)को स्मृतिमा अक्षयकोष स्थापना गर्न लागेको हो । डोटी युनियनका संस्थापक अध्यक्ष समेत रेहका पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

स्व. पत्रकार खड्का मिलनसार, मेहनती र लोकप्रिय सहकर्मी भएको स्मरण गर्दै देउवाले अक्षयकोष स्थापना गरेर उनलाई अमर राख्ने डोटी शाखाको अभियानलाई सफल पार्न जन्मदिनको अवसरमा सहयोग गरेको बताए ।

युनियनले स्व. संस्थापक अध्यक्ष खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी विभिन्न व्यक्ति संघ संस्थाहरुसँग सहयोग आह्वान गरेको शाखाका अध्यक्ष प्रकाश बमले जानकारी दिए । युनियनले अक्षयकोष स्थापना गर्ने निर्णयसँगै सहयोग आह्वान गरेपछि विभिन्न व्यक्तिहरुले सहयोग गर्दै आएको अध्यक्षले बमले बताए ।

शाखाका सचिव पवन महराले अक्षयकोषमा रकम जम्मा गर्ने पत्रकार देउवालई जन्मदिनको शुभकामना सहित धन्यबाद ज्ञापन गरेका छन् । अक्षय कोषमा रकम जम्मा भएपछि स्व. खड्काको नामबाट पत्रकारिता पुरष्कारको घोषणा गरि पत्रकारीता क्षेत्रमा योगदान पु¥याउने पत्रकारहरुलाई सम्मान गरिने बताए ।

स्व. खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए । उनि लोकप्रिय कार्यक्रम प्रस्तोता थिए । पछिल्लो समय उनि बाजुरामा रहेको रेडियो बुढीनन्दा एफएममा कार्यरत थिए ।

Related News

पत्रकार स्वारद्वार जन्मदिनमा अक्षय कोष स्थापनाका लागि सहयोग
पत्रकार स्वारद्वार जन्मदिनमा अक्षय कोष स्थापनाका लागि सहयोग
  • २०७७ आश्विन २०

डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...

होटल व्यवसायी संघ डोटीद्वारा वनभोज कार्यक्रमको आयोजना
होटल व्यवसायी संघ डोटीद्वारा वनभोज कार्यक्रमको आयोजना
  • २०७७ आश्विन २०

डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...

देउवा र दाहालबीच फोनवार्ता, के भयो कुराकानी ?
देउवा र दाहालबीच फोनवार्ता, के भयो कुराकानी ?
  • २०७७ आश्विन २०

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...

TOP