डोटी- डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा डोटीका दुईजना घाइते भएका छन् ।
डोटीको दिपायल सिलगढी नगरपालिका–५ का मोटरसाइकल चालक ३२ वर्षीय शंकर भुल र मोटरसाइकलमा सवार उनकी आमा ५५ वर्षीया जुनकिरी भुल घाइते भएकी हुन । घाइते मध्ये शंकरको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।
सोमबार अपरान्ह गन्याधुरा गाउँपालिका– २ स्थित गजरौँलामा सु.प्र.प्र. ०१००८ नम्बरको मोटरसाइकल डोटीबाट डडेल्धुरातर्फ आइरहेका बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए । मोटरसाइकल भीरबाट तल खसेको बताइएको छ ।
प्रहरी टोलीले घाइतेहरुको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल लगेकोे डिएसपी नेपालले जानकारी दिए ।
कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...
डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...