काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारसँग अपिल गरेका छन्।
पूर्वप्रधानमन्त्री देउवाले डा. केसीसँग अविलम्ब वार्ता गरेर उनको माग पूरा गर्न पनि सरकारसँग आग्रह गरेका छन्।
पूर्वप्रधानमन्त्री देउवाले आइतबार प्रधानमन्त्रीलाई सम्बोधन गरी जारी गरेको अपिलमा भनेका छन्, ‘डा. केसीको जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, माग पूरा गर्न र उहाँको जीवनरक्षा गर्न किञ्चित ढिलाइ नगर्न आग्रह गर्दै, ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनीसमेत म दिन चाहन्छु।’
देउवाले डा. केसीको अनशन २१ दिन पुगेर स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दासमेत सरकारले वार्ता गरेर माग पूरा गर्न गम्भीर नहुनुले स्थिति अत्यन्तै दुःखद र गम्भीर जनाएका छन्।
देउवाले भनेका छन्, ‘चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदमसमेतका उहाँका माग एक व्यक्तिका होइनन्। प्रतिपक्षले निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक ऐक्यबद्धता जनाएका माग हुन्। जनभावनाअनुरुपका माग सुनुवाइ गर्नु सरकारको कर्तव्य हो।’
देउवाले सरकारले डा. केसीप्रति सुरुमा दुव्र्यवहार गरेर आपत्तिजनक काम गरेको र अहिलेसम्म संवाद र समाधानमा उदासीन व्यवहार देखाएर लोकतान्त्रिक प्रणालीभित्र कम्युनिस्टतन्त्रको अनुदार चरित्र पुष्टि गरेको बताएका छन्।
अपिलमा ०४६ को परिवर्तनपछि नेपाली कांग्रेसको नीति र नेतृत्वमा नेपालमा चिकित्सा शिक्षाको विस्तार भएको उल्लेख छ।
देउवाले चिकित्सा शिक्षा क्षेत्रमा विसंगति बढेपछि सुधारका लागि तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले डा. केदारभक्त माथेमाको नेतृत्वमा चिकित्सा शिक्षामा सुधारका लागि उच्चस्तरीय कार्यदल गठन गरेको जनाएका छन्।
उनले भनेका छन्, ‘कार्यदलको सुझावबमोजिम सुधारका विविध कार्य अघि बढाएको थियो।’
देउवाले डा. केसीका माग पूरा गर्दै अघिल्लो सरकारले जारी गरेको ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश’ विस्थापित गर्नुको रिणाममा आजको स्थिति उब्जिएको जनाएका छन्।
देउवा नेतृत्वको तत्कालीन सरकारले ०७४ कात्तिक २४ मा अध्यादेश जारी गरेको थियो। तर वर्तमान सरकारले त्यसलाई विस्थापित गरेकाे थियो।
वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा ०७५ को साउनमा डा. केसीसँग गरिएको सम्झौता उल्लंघन गरेर द्वन्द्वको बिउ सरकारले रोपेको ठहर देउवाको छ।
उनले भनेका छन्, ‘अतः फेरि पनि संवादमार्फत समाधानमा पुगेर त्यसको सार्थक कार्यान्वयनमा इमानदारी प्रस्तुत गर्न म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु।’
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...
काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो। अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...