काठमाडौं- पछिल्लो २४ घण्टामा झण्डै २ हजार नयाँ संक्रमित थपिएका छन्।
१२ हजार ४४४ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा १ हजार ९११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ७९ हजार ७२८ पुगेको छ।
पछिल्लो २४ घण्टामा नेपालमा ९६१ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। याे सहित कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ छ। योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० छ।
हालसम्म नेपालमा १० लाख ३३ हजार ९४७ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।
सरिता कठायत, डोटी – नेपाली कांग्रेस डोटी प्रदेश सभा ‘ख’ का क्षेत्रीय सभापति तथा शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले...
कांग्रेसको जगमा टेकेर कम्युनिष्टहरूले खलनायकको चरित्र देखाए : कांग्रेस सचिव जोशी डोटी – नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशीले कम्युनिष्टहरूले...
डोटी । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध डोटी लगायत देशभर विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको असंवैधानिक...