२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

सुदूरपश्चिमका ८३ प्रतिशत कोरोना संक्रमित निको भए

धनगढी- सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि भई निको हुनेको संख्या ६ हजार नाघेको छ ।

बुधबार कञ्चनपुर, डोटी, डडेल्धुरा र बझाङका गरी २६ जना संक्रमित निको भएर घर फर्के संगै प्रदेशमा संक्रमण निको हुनेको संख्या ६ हजार १ सय ३६ पुगेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा हाल ७ हजार ३ सय ४५ जनामा संक्रमण पुष्टि भएकोमा ८३ दशमलव ४३ प्रतिशत संक्रमित निको भएर घर गएका सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्देशनालयका अनुसार सुदूरपश्चिममा हाल सम्म ८४ हजार ९ सय ७५ जनाको स्वाव परिक्षण गरिएकोमा ८३ हजार ९ सय ८० जनाको कोरोना परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्य ७ हजार ३ सय ४५ जनामा संक्रमण पुष्टि हुँदा १ हजार ८५ जनाको परिक्षण रिपोर्ट आउन बाँकी छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ आश्विन १५

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP