२०७८ बैशाख २६, आईतवार
May 9, 2021, Sunday
निर्मला हत्याकाण्ड

दुई महिना अघि सफाइ पाएका प्रहरी काममा फर्किंदै

कैलाली– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा कारबाहीमा परेका प्रहरी काममा फर्किंदै छन् ।

८ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी आठौँ संशोधित नियमावली २०७७ स्वीकृत गरेसँगै कारबाहीमा परेका प्रहरी काममा फर्किन लागेका हुन् । यसअघि १६ साउनमा कञ्चनपुर जिल्ला अदालतले पन्त बलात्कार र हत्या प्रकरणमा प्रहरीको कुनै कमीकमजोरी नरहेको भन्दै सफाइ दिएको थियो ।

तर, प्रहरी नियमावली २०७१ अनुसार मुद्दाको अन्तिम किनारा नलागेसम्म स्वतः निमम्बनमा रहने व्यवस्थाका कारण उनीहरूलाई जिल्ला अदालतले सफाइ दिँदासमेत काममा फर्किन पाएका थिएनन् ।

सोही विषयलाई ८ गतेको मन्त्रिपरिषद्‌ले नियमावली परिमार्जित गरेपछि उनीहरू काममा फर्किने भएका हुन् । सो प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातना मुद्दामा आठ जना प्रहरी कारबाहीमा परेका थिए ।

कारबाही पर्ने प्रहरी अधिकारीमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डीएसपी अंगुर जीसी, ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकीन्द्रबहादुर खड्का र जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद थिए ।

एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई सरकारले सेवाबाटै बर्खास्त गरेको थियो भने अन्य निलम्बनमा परेका थिए । नियमावली संशोधन भएसँगै विष्ट र भट्टबाहेक अन्यले सोझै हाजिर हुन पाउनेछन् । भट्ट र विष्टको हकमा भने केही समय लाग्नेछ ।

उनीहरूविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्त र बलात्कार आरोपमा पक्राउ परेका दिलीपसिंह विष्टका दाइ खडकसिंह विष्टले मुद्दा दिएका थिए ।

प्रहरीले दिलीप सिंहलाई निर्मला हत्यामा संलग्न भएको अभियोगसहित सार्वजनिक गरेको थियो । पछि डीएनए परीक्षण नमिलेपछि उनी छुटेका थिए । हाल डीएनएविज्ञ टोलीले डीएनएमै त्रुटि भएको प्रतिवेदन दिएका छन् । निर्मलाको हत्यारा भने अझै पत्ता लाग्न सकेको छैन ।

Related News

महामारीमा खटिएका एम्बुलेन्स चालक बोगटी : जो बिरामी बोक्नुलाई धर्म ठान्छन्
महामारीमा खटिएका एम्बुलेन्स चालक बोगटी : जो बिरामी बोक्नुलाई धर्म ठान्छन्
  • २०७७ आश्विन १३

डोटी- शुक्रबार जिल्ला अस्पताल डोटीमा उपचार भैरहेका ३२ वर्षीय कोरोना संक्रमितको अवस्था नाजुक बन्यो । डाक्टरले उनलाई भेण्टिलेटरको आवस्यकता परेको...

डोटी चेम्बर अफ कमर्सको भवन निर्माण स्थलमा झडप : वडाध्यक्ष घाइते
डोटी चेम्बर अफ कमर्सको भवन निर्माण स्थलमा झडप : वडाध्यक्ष घाइते
  • २०७७ आश्विन १३

डोटी– डोटी चेम्बर अफ कमर्सको भवन निर्माण स्थलमा झडप भएको छ । चेम्बरले आफ्नो नाममा रहेको जमिन माथिको चलनचल्तीको वर्षौं...

सौगात ओझाकाे हर्कत बाहिरियो : लकडाउनमा अछामकी ठिटी लगेर टाप
सौगात ओझाकाे हर्कत बाहिरियो : लकडाउनमा अछामकी ठिटी लगेर टाप
  • २०७७ आश्विन १३

कैलाली – गायक, सर्जक एबं मोडेल सौगात ओझाको हर्कत बाहिरिएको छ । लामो समय देखि डेउडा एबं लोक संगीतमा लागेका...

TOP