२०७७ मंसिर ९, मंगलवार
November 24, 2020, Tuesday
सम्झना हत्या प्रकरण

बलात्कारपछि हत्या भएको एकहप्ता सम्म पनि उठेन सम्झनाको शव

बझाङ – बझाङमा बलात्कारपछि हत्या भएकी बालिका सम्झना कामीको शव घटनाको सात दिन बिते पनि परिवारले बुझ्न मानेका छैनन्।

अपराधीलाई कानूनी दायरामा ल्याउने विषयमा प्रहरीबाट चित्त बुझ्दो जवाफ नआएको भन्दै परिवारले शव उठाउन मानेका छैनन्।

प्रहरीले बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई पत्ता लगाइ सकेको भने पनि अभियुक्तले अपराध स्विकार नगरेको र प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा पक्राउ परेका व्यक्ति राजेन्द्र बोहरा नै अपराधमा संलग्न छन् भन्ने एकिन नभएकाले शव नबुझेको मृतक सम्झनाका हजुरबुवा गोरख बहादुर सार्कीले बताए।

उनले भने–‘यसअघि पनि पटक–पटकका घटनामा त्यो केटालाई कारवाही भएको छैन, अझै उम्कीएर मेरी नातीनीले न्याय पाउने होइनन् कि आशंका छ ।’

प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा संलग्नको आरोपमा राजेन्द्र बोहोरालाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको उल्लेख छ ।

तर राजेन्द्र बोहोराले अहिलेसम्म पनि अपराध स्वीकारेका छैनन्।

सम्झनाका काका इश्वर विकले भने –‘प्रहरीले पनि अनुसन्धानकै क्रममा छौँ। उसले अपराध स्वीकारेको छैन । केस जता पनि मोडिन सक्छ भनेर दुईधारे कुरा गरिरहेको छ, त्यसैले हामीलाई विश्वास लागेको छैन्।’

सम्झनाका आफन्तहरु यही नै अपराधी हो भन्ने एकिन नहुँदासम्म शव नबुझ्ने अडानमा छन्।

घटना भएको भोलिपल्ट नै (अशाेज ८ गते) पोष्टमार्टम गरिएको सम्झनाको शव जिल्ला अस्पताल बझाङको शव गृहमा राखिएको छ ।

शव राख्ने फ्रिज नभएका कारण शव कुहिएर गन्हाउन थालेको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रुपक खड्काले अभियुक्तले अपराध स्विकार नगरेको भए पनि प्रहरीले राजेन्द्र नै घटनामा संलग्न रहेको भन्ने यथेस्ट प्रमाण जुटाई सकेको बताउँछन्।

उनले अपराधी उम्किनेमा शंका नगर्न आग्रह गरेका छन् । घटनाको थप अनुसन्धानको लागि केन्द्रीय अनसन्धान व्युरो (सिविआई) बाट डिएसपी पञ्चकुमार बाखुको नेतृत्वमा टोली आएको छ।

बाखु नेतृत्वको टोली सोमबार घटनास्थलको अनुसन्धानमा खटिएको डिएसपी खड्काले बताए। उनले संघीय प्रहरी कार्यालयबाट पोलिग्राफ मेसिन र पोलिग्राफ विज्ञसहितको टोली पनि बझाङ आएको र आज बेलुका सम्म राजेन्द्रको पोलिग्राफ परीक्षण गरिने बताए।

छोरीको बलात्कारपछि हत्या भएको थाहा पाउने वित्तिकै भारतबाट बझाङ आएका सम्झनाका बुवा विकास कामीलाई कोरोनाको संक्रमण पुष्टि भएको छ।

सदरमुकाम चैनपुरमा सेल्फ क्वारेन्टाइनमा बसिरहेका उनमा जिल्ला अस्पताल बझाङमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।

Related News

बझाङमा स्थापित एसियाकै पहिलो हाते कागज उद्योग धराशायी
बझाङमा स्थापित एसियाकै पहिलो हाते कागज उद्योग धराशायी
  • २०७७ आश्विन १३

बझाङ- दिगो वन व्यवस्थापनसम्बन्धी प्रमाण दिने अन्तर्राष्ट्रिय संस्था ‘फरेस्ट स्टेवार्डसिप काउन्सिल (एफएससी)’ बाट प्रमाणित एसियाकै पहिलो सामुदायिक उद्योग धराशायी भएको छ ।...

कोभिड खोप खरिद गर्न ७० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ : डा. ज्ञवाली
कोभिड खोप खरिद गर्न ७० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ : डा. ज्ञवाली
  • २०७७ आश्विन १३

नेपालमा कोरोना विरुद्धको खोप आयात गर्नका लागि राष्ट्रपतिले भर्खरै अध्यादेश पास गरेकी छिन् । अध्यादेश पास गरेसँगै खोप खरिदका लागि...

कमेडियन भारती र हर्ष लागुऔषध प्रकरणमा पक्राउ
कमेडियन भारती र हर्ष लागुऔषध प्रकरणमा पक्राउ
  • २०७७ आश्विन १३

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले लागुऔषध प्रकरणमा चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिंवाचियालाई नियन्त्रणमा लिएको छ। एनसीबीले...

TOP