बैतडी- बैतडीको पाटन नगरपालिकाका कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले नियन्त्रणमा लिएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्रहरु सोमबार नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले बताए । कोरोना नियन्त्रणको नाममा अनियमितता गरेको भनेर फोन र लिखित उजुरी आएपछि कागजपत्रहरु नियन्त्रणमा लिएको उनले बताए ।
नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा मात्रै गत आर्थिक वर्षमा रु एक करोड ७३ लाख खर्च भएको सार्वजनिक गरेको थियो । कोरोना नियन्त्रणमा अनियमितता भएको भन्दै नगरसभा सदस्य भीमदत्त भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।
उक्त छानबिन समितिले यही असोज ९ गते प्रतिवेदन सार्वजनिक गर्दै कोरोना नियन्त्रण तथा अन्य शीर्षकमा रु ५३ लाख १५ हजार ७२१ अनियमितता गरेको ठहर गरेको थियो । सोही प्रतिवेदन र उजुरीका आधारमा छानबिन गर्नका लागि अख्तियारको टोलीले प्रतिवेदन सहित कोरोना जोखिम नियन्त्रणमा राहत सामग्री खरिद र वितरणका साथै सवारी साधन खर्चको विवरण सहितको फाइल नियन्त्रणमा लिएको बताईएको छ ।
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी...
डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...
डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...