२०७७ फाल्गुन २०, बिहीबार
March 4, 2021, Thursday
शिखर नगरपालिका भवन विवाद

भवन निर्माणका क्रममा सुनियोजित अभिनय गरेको छानविन समितिको ठहर

डोटी- शिखर नगरपालिकाले निर्माणाधिन भवनका विषयमा सृजना भएको विवाद सुनियोजित अभिनय भएको जनाईएको छ । नगरपालिकाले घटनाको सत्य तथ्य छानविनका लागि गठन गरेको छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्दै घटना सुनियोजित भएको बताएको हो ।

आइतबार नगरपालिकामा पत्रकार भेटघाट कायक्रमको आयोजना गरेर निर्माण कार्यमा गुणस्तर हिन सामग्री प्रयोग भएको भन्ने हल्ला फिजाउन सुनियोजित योजना बनाएर केही पात्रहरुले राजनीतिक पूर्वागृह राख्दै नगरलाई बदनाम गराउने हेतुले अभिनय गरेको जनाएको हो । केही दिन पहिले शिखर नगरपालिका डोटीको निर्माणाधिन भवनमा गुणस्तर हिन सामग्री प्रयोग भएको भन्ने विषयमा विभिन्न संचार माध्यममा समाचार प्रकाशन तथा प्रसारण भएको थियो । समाचार प्रसारण भए लगल्तै नगरपालिकाले उक्त घटनाको छानविन गर्न वडा अध्यक्षको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । छानविन समितिले आफ्नो प्रतिवेदन नगरपालिकामा पेश गरेपछि नगरले पत्रकार सम्मेल मार्फत आधिकारीक धारणा प्रस्तुत गरेको हो ।

नगर प्रमुख सिताराम जोशीले नगरको आधिकारीक धारणा प्रस्तुत गर्दै विभिन्न सञ्चार माध्यममा आएका समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । स्वतन्त्र तथा निष्पक्ष पत्रकारीता प्रजातन्त्रको अभिन्न अङ्ग भएको हुँदा आफुहरु विगत, वर्तमान र भविश्यमा निष्पक्ष पत्रकारितामा विश्वास गर्ने बताउँदै नगर प्रमुख जोशीले घटनाको निष्पक्ष छानविन गर्न गठन गरिएको छानविन समितिको प्रतिवेदन सहितको धारणा प्रस्तुत गरेका थिए । उनले भवन निर्माणको सिलसिलामा उठेको विषयवस्तुमा नगरपालिकाको कुनै संलग्नता नभएको उल्लेख गरेका थिए । पत्रकारको प्रश्नमा जवाफ दिदै नगर प्रमुख जोशीले निर्माणाधिन प्रशासनिक भवनमा गुणस्तर हिन सामग्री प्रयोग गरिएको घटना नगरपालिकालाई बदनामित गर्न सृजना गरेको सुनियोजित योजना भएको बताए ।

नगरपालिका अनुसार भवन निर्माण कार्यलाई थप तिब्रता दिन विभोर निर्माण सेवाले तीन साताअघि अतिरिक्त जनशक्ती परिचालन गर्नेदेखी लिएर रातीको समयमा कार्य सञ्चालन गर्ने प्रस्ताब राखे पश्चात भाद्र २६ गते देखि केही दिन नगरपालिकाका प्राविधिकको प्रत्यक्ष निगरानीमा काम भएकको थियो । पहिलो दिन राती काम गर्ने क्रममा कामदारले अस्वभाविक व्यवहार देखिए पछि नगरपालिकाका प्राविधिकले भाद्र २७ गते देखि काम नगर्नु भनि ठेकेदारका प्रतिनिधिलाई जानकारी गराएको प्रतिवेदमा उललेख छ । २८ गते राती स्थानिय कामदार आएर ठेकेदार समेतको अनुपस्थितिमा जवरजस्ती काम गर्न लागेको र आफै वालुवा, गिट्टि र माटो लगायतका सामग्री प्रयोग गरी तिनै कामदारसँगको मिलेमतोमा केहिले काम गरिरहेको भिडियो खिचेको छानविन समितिले जनाएको छ । ठेकेदारका प्रतिनिधिले सो कुरा जानकारी पाएपछि कामदारलाई काम नगर्न आग्रह गर्दा उल्टै कुटपिट गरेकोले सो घटना सुनियोजिकत अभिनय भएको नगरले जनाएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख जोशीले प्राविधिकले रातीको समयमा काम नगर्नु भनेर भनिसके पछि कामदारलाई रोक्न नसक्नु ठेकेदारको कमजोरी रहेको बताए । स्थानीय ठाउँको निर्माणाधिन भवनमा आपनत्व जनाउनुको सट्टा जवरजस्ती काम गरि ठेकेदारलाई कुटपिट गर्नुले सुनियोजित योजना भएको नगरले जनाएको छ ।

एक साता पहिले ठेकेदारका प्रतिनिधि निर्प वहादुर खड्काले आफूमाथी हातपात गर्ने तल्कोटका चारजना बिरुद्ध प्रहरी चौकीमा उजुरी दिएपछि निजलाई पक्राउ गरेको थियो । पक्राउ परेका चारै जनाले दोस्रो दिन घटनामा संलग्न भएकोमा माफी सहित भवन निर्माणमा कहिल्यै अवरोध नगर्ने र यस्ता कार्य नदोह¥याउे भनि स्थानिय प्रहरी चौकीमा ठेकेदार संग सहमती जनाएर कागज गरेपछि छोडिएको थियो ।
नगरको उक्त प्रशासनिक भवन यहि जेठ ३२ गते सवै भन्दा कम वोलमा १ करोड, ७ लाख, ७१ हजार, ६ सय ८९ रुपैयामा निर्माण कार्य शुरु गरि २०७८ वैशाख १५ गते सम्पन्न गर्ने गरि विभोर निर्माण सेवा र शिखर नगरपालिका विच सम्झौता भएको थियो । भवनर्मा म्याट फाउन्डेसन निर्माण कार्य भइरहेको छ । म्याट फाउन्डेसनको काम सम्पन्न हुने अन्तिम दिन कामदार र ठेकेदारको विवादका बीच गुणस्तर हिन सामग्री प्रयोग भएको देखिन्छ ।

नगर उप– प्रमुख धौली देवी रावलले भवन निर्माण कार्य भैरहदा तलकोटका केही स्थानीयले ठेकेदार माथि हातपात गरेको र जवरजस्ती गुणस्तर हीन सामग्री मिसाएर भिडियो बनाएको घटनालाई मिडियाले शिखर ८ तिलतालीका कामदारले सो कार्य गरेको भनि प्रकासन तथा प्रशारण गरेको प्रति दुःख ब्यक्त गरिन् । विभोर निर्माण सेवाका प्रतिनिधी नृपबहादुर खड्काले रिपोर्टिङ्गमा आएका पत्रकारसँगको कुराकानीमा आफुले तलकोटका स्थानीयले हातपाथ गरेको र जवरजस्ती काम गरेको बताए पनि मिडियाले आफ्नो बाइट राखेर तिलतालीका कामदारले हातपात र झगडा गरेको लेखेपछि आफुलाई झन् समस्या परेको बताए ।

नगर कार्यपालिका वैठकले अबका दिनमा गुणस्तर हिन सामग्री प्रयोग भएको ठाउँमा सवन्धित निकायको रोहोवरमा उत्खलन गरेर नयाँ फाउन्डेसन गर्ने, अब हुने हरेक काम प्रविधिकको निगरानी वाहेक नगराउने, भवन निर्माणमा दक्ष कामदार राख्ने, भवन निर्माण स्थलका लागि सुरक्षा निकायको उपस्थितिका लागि सम्वन्धित निकायलाई आग्रह गर्ने लगायतका निर्णय गरेको पत्रकार भेटघाट कार्यमा जानकारी गराइएको छ ।

यस्तो थियो घटना

भवन निर्माण कार्यलाई थप तिब्रता दिन विभोर निर्माण सेवाले डेढसाताअघि अतिरिक्त जनशक्ती परिचालन गर्नेदेखी लिएर रातीको समयमा कार्य सञ्चालन गर्ने प्रस्ताब अघि सा¥यो ।
निर्माणकर्ता कम्पनी विभोर निर्माण सेवाका अनुसार स्थानीय बेरोजगार युवाहरु आफुलाई पनि निर्माण कार्यमा काम उपलब्ध गराउनुपर्ने दबाब दिदै आएका थिए । ‘हाम्रो नगरपालिकामा भईरहेको काममा हामीले पनि काम गर्न पाउनुपर्छ नत्र काम रोकिदिन्छौ भन्ने उहाँहरुको दबाब थियो,’विभोर निर्माण सेवाका प्रतिनिधी नृपबहादुर खड्काले भने, ‘हामीले उहाँहरुको ईच्छा पनि पुरा हुने, अनि कामपनि छिटो हुने मनशायले यस्तो निर्णय लियौँ ।’

त्यसैपनि कम्पनीले तिहारको समयसम्म सकाउनेगरी कार्य गरिरहेको उनले जनाए । ‘तिहारसम्म काम सकाउने र लक्ष्मीपुजाको दिन उद्घाटन गर्न सकिनेगरी काम सम्पन्नगर्ने हाम्रो मोटामोटी योजना नै छ,’ उनले थपे ।

निर्माण कम्पनीको सो प्रस्ताबलाई शिखर नगरपालिकाको प्राबिधिक शाखाले शाखाका ईन्जिनियर र प्राबिधिकहरुको ‘रहोवर’मा काम हुनेगरी सहमती जनायो । ‘ठुला निर्माण कार्यमा रातीका सिफ्टमा पनि काम गर्ने प्रचलन छ । त्यसलाई यतापनि शुरु गर्दा राम्रै हुन्छ भनेर हामीले पनि स्वीकृती जनायौ,’ शिखर नगरपालिकाका ईञ्जिनियर लोकेन्द्रबहादुर खड्काले भने, ‘हामीसंग अहिले जनशक्ती पनि थियो । पालैपालो सबै गरौँला भन्ने योजनाका साथ स्वीकृती जनाएका थियौ ।’
सोही सहमती अनुसार अघिल्लो शुक्रबार पहिलो दिन रातीको समयमा काम भयो । यसक्रममा जगको ‘आरसिसी’को काम चलिरहेको थियो । त्यसमा नगरपालिकाको प्राबिधिक शाखाका ईञ्जिनियर, ओभरसेयर र सब ओभरसियरहरुको रहोवरमा ७० जनाभन्दा बढी कामदारहरुले काम गरे । जसमा बहुसंख्यक स्थानीयहरु थिए ।

सो रातको काम गर्न आएका स्थानीय मजदुरहरुको व्यबहार अस्वभाविक देखिएको नगरपालिका ईञ्जिनियर खड्का बताउछन् । उनले भने, ‘त्यो रातको कामका क्रममा स्थानीय मजदुरहरु राम्रोसंग काम नगरिदिने, जसले गुणस्तर निर्धारण गर्न समस्या देखिने अवस्था सिर्जना भयो ।’ त्यसपछि नगरपालिकाको प्राबिधिक शाखाले रातको समयमा काम नगर्ने भन्ने निष्कर्श निकालेको ईञ्जिनियर खड्काले बताए । ‘तर एकदिन फेरी शनिबार हेरौँ न त ! भन्ने लागेर हामी ढिलोसम्म बस्यौँ,’ उनले भने,‘राती दशबजेसम्म बस्दा कामगर्न भनि आएका मजदुरहरुको अवस्था अस्वभाविक देखेपछि ठेकेदारलाई काम सञ्चालन नगर्न निर्देशन दिएर निस्कियौँ ।’

ईञ्जिनियरहरु निस्किसकेपछि केही मजदुरहरुले धेरै कर गरेपछि थोरै काम शनिवार रातीगर्न लगाएको विभोर निर्माण सेवाका प्रतिनिधी खड्काले बताए ।

आईतबार रातीको कामभने पूर्ण रुपमा नगर्ने निर्माण कम्पनी र प्राबिधिक शाखा बीचको सहमती थियो । सोहीअनुसार प्राबिधिक शाखाका कर्मचारीहरु दिउँसोको समयमै निस्किए । तर, राती फेरी स्थानीय मजदुरहरुको समुह निर्माणस्थल आएर काममा जुट्यो । सोबारे आफुलाई कुनै जानकारी नरहेको निर्माणकर्ता कम्पनीका प्रतिनिधी खड्काले बताए । ‘म बाहिर खाना खान निस्किएको थिए । खै कसरी आफै आएर काममा जुटेछन्,’ उनले भने,‘म पुग्दा धमाधम काम भईरहेको थियो ।’ यसैक्रममा काम गरिरहेका मजदुरहरुले आफै गुणस्तरहिन काम गरिरहेको, आफै भिडियो बनाईरहेको आफुले देखेको उनले बताए । ‘धमाधम गुणस्तरहीन काम भईरहेको थियो । काम गरिरहेकाहरु नै भिडियो बनाईरहेका थिए । त्यसो देखेपछि मैले रोक्न खोज्दा उल्टै म माथि नै हातपात भयो,’ उनले भने । यसक्रममा आफुमाथि र आफ्नो भाईमाथि हातपात भएको उनले बताए ।

घटना सुनुयोजित रुपमा भएको खड्काले बताए । उनले भने, ‘नाई भन्दाभन्दै बलजफ्ती काममा जुट्ने । आफै गुणस्तरहीन काम गर्ने र आफै भिडियो बनाउने गतिबिधिले सुनुयोजित रुपमा हामीलाई फसाउन रचिएको प्रपञ्च हो भन्ने पुष्टि हुन्छ ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Related News

पत्रकार स्वारद्वार जन्मदिनमा अक्षय कोष स्थापनाका लागि सहयोग
पत्रकार स्वारद्वार जन्मदिनमा अक्षय कोष स्थापनाका लागि सहयोग
  • २०७७ आश्विन ११

डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...

होटल व्यवसायी संघ डोटीद्वारा वनभोज कार्यक्रमको आयोजना
होटल व्यवसायी संघ डोटीद्वारा वनभोज कार्यक्रमको आयोजना
  • २०७७ आश्विन ११

डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...

देउवा र दाहालबीच फोनवार्ता, के भयो कुराकानी ?
देउवा र दाहालबीच फोनवार्ता, के भयो कुराकानी ?
  • २०७७ आश्विन ११

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...

TOP