डोटी- शिखर नगरपालिकामा नगर शिक्षा समिति गठन गरिएको छ नगर प्रमुख सिताराम जोशीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो ।
नव गठित शिक्षा समितिको सदस्यमा वडाध्यक्षबाट मीन बहादुर बलायर, महिला जनप्रतिनिधिबाट रमा साउद, विद्यालय व्यवस्थापन समिति अध्यक्षबाट सिद्धराज जोशी, प्राधानाध्यापकबाट गगन कार्की, महिला प्राधानाध्यापकबाट घण्टेश्वरी जोशी, शिक्षाप्रेमी महिलावाट जानकी धामी, शिक्षा प्रेमी दलित महिलाबाट हिरा ताम्राकार, शिक्षा प्रेमी दलित प्रतिनिधिबाट राम दमाइलाई चयन गरिएको छ । समितिको सदस्य सचिवमा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शेरबहादुर कार्कीलाई चयन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पर्मानन्द शर्माले जानकारी दिए ।
नयाँ गठन भएको नगर शिक्षा समितिलाई नगर कार्यपालिकाको वैठकले स्वागत गरेको छ ।
सोही दिन शिक्षा समितिको वैठक बसेर विभिन्न विषयमा छलफल भएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कार्कीले बताए । समितिले नगरका क्वारेन्टाइन संचालन गरेर खाली भएका विद्यालय सरसफाइ, प्रवलिकरण र टुटफुट मर्मत गर्ने, विद्यालय संचालन, विद्यालय समायोजन, शिक्षक दरवन्दी मिलान, नगर शिक्षक व्यवस्थापन, विज्ञ समुह गठन, स्थानिय पाठ्यक्रम निर्माण लगायतका विषयमा छलफल गरिएको कार्कीले जानकारी दिए ।
वैठकमा नगर प्रमूख एवं नगर शिक्षा समिति संयोजक जोशीले सवैले आ–आफ्नो ठाउँबाट खटेर लागे नगरपालिकाको शिक्षा क्षेत्रले सहजै फड्को मार्न सक्ने बताए । विद्यालय समायोजले हरतहवाट दुरगामी रुपमा राम्रो परिणाम आउने उनको भनाइ थियो ।
डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...
डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...