२०७७ फाल्गुन २४, सोमबार
March 8, 2021, Monday
शिखरमा काँग्रसको भेला

कम्युनिष्टको तुक बिनाको बिरोध : पराजित मानसिकता – काँग्रेस

डोटी- नेपाली काँग्रेसले शिखर नगरपालिकामा पराजित मानसिकता लिएर नेकपाले तुक बिनाको बिरोध गरेको आरोप लगाएको छ । बुधबार काँग्रसको नगर कमिटिले लुवाखडिमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै काँग्रेस नेताहरुले यस्तो आरोप लगाएका हुन् ।

शिखर नगरपालिकामा भण्डाफोरका नाममा नेकपाले आतंक फैलाउने, नगर सरकारलाई बदनाम गर्ने, सुनियोजित रुपमा घटना घटाउने, राष्ट्रसेवक कर्मचारीको मनोबल घटाउने र निर्माण भैरहेका योजना भत्काउने बिगार्ने जस्ता कार्यहरु गरिरहेकाले त्यसको प्रतिकारमा उत्रिने चेतावनी दिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रसका नगर कमिटी सह–संयोजक तथा वडा नं. १ का वडाअध्यक्ष खडक शाहीले नेकपाको बिरोध पराजित मानसिकताको उपज भएको बताए । नगरपालिकामा पारदर्शी र लोकतान्त्रकि बिधिबाट नेपालको संविधानले स्थानीय सरकारलाई दिएको अधिकारमा टेकेर जनचाहना बमोजिम सरकार सञ्चालन भैरहेको बताउँदै नेकपाको सुनियाजित र तुक बिनाको हल्लाका पछि नलाग्न आग्रह गरे ।

नेपाल विद्यार्थी संघ डोटीका अध्यक्ष गणेश खड्काले जिल्लामा सबै स्थानीय सरकार भन्दा पारदर्शी र प्रभावकारी काम काँग्रेसले नेतृत्व गरेका स्थानीय सरकारले गरिरहेकाले काँग्रेस सधै सबै पक्षसँग शिर उठायर हिड्न र बहस गर्न लायक भएको बताए । सबै भन्दा बढी भ्रष्टाचार, अनिमियता, अपारदर्शीता, कार्यकर्तामुखी योजना, कु– शुसासन नेकपाले सञ्चालन गरेका स्थानीय तहमा भएको बताउँदै नेविसंघ अब त्यसको भण्डाफोरमा लाग्ने चेतावनी दिए । काँग्रसको नेतृत्वमा भएका सरकारहरुले गलत गरे नेविसंघ त्यसको समेत बिरोध गर्ने पछि नपर्ने बताउँदै खड्काले शिखर नगरपालिकामा निर्माण भैरहेको भवनमा सुनियोजिक षडयन्त्र गरेर, नगरको बदनाम गर्ने, निर्माण व्यवसायी माथि हातपात गर्ने कार्यको घोर भर्तसना गरे ।

अरुको आङको जुम्रा कोट्याउने र जुम्रा नभेटेपछि जुम्रा शरिरमा हालिदिएर आफ्नो शरिरको भैंसी लुकाउन खोज्ने कम्युनिष्टहरुले बिना प्रमाण तुक बिना तिकतंडा मच्याइ रहेको तरुण दलका अध्यक्ष नारायण बलायरले बताए । नेपाली काँग्रसका नेता मात्रै नभएर जनता पनि लोकतन्त्र र पारदर्शीता प्रति जिम्मेबार र सचेत रहेको उनको भनाइ थियो । अध्यक्ष बलायरले अपराधी, भ्रष्टाचारी र सुशासन हिन सरकारका अरिङ्गालहरुसँग भ्रष्टाचारका बिरुद्ध बोल्ने र कार्यक्रम गर्ने नैतिकता समेत नभएको बताए । उनले तरुण दलले अवका दिनमा काँग्रेस कम्युनिष्ट जो सुकैले सञ्चालन गरेको सरकार भएपनि तिनिहरुको आजसम्मको हिसाव किताव, योजना, सुशासन, पारदर्शीताका विषयमा अनुगमन र भण्डारफोर गर्ने तयारी गरेकाले सबै तरुणहरुलाई तयारी अवस्थामा रहन आह्वान गरेका छन् ।

काँग्रस नेता टिका फुलाराले अपारध, भ्रष्टाचारमा लिप्त कम्युनिष्ट सरकारले न्यायालय, अख्तियार प्रशासन र मिडियामा कब्जा जमाउँदै बलात्कार र अपहरणमा समेत अग्रसर भैरहेको घटनालाई कम्युनिष्टले नजरअन्दाज गरेर सुनियोजित घटनामा खेलिरहेको देख्दा दया लागेको बताए । जिल्लामा प्रदेशबाट आएका कार्यकर्तामुखी योजना, प्रदेश अन्तरगतका विषयगत कार्यालयबाट दिइएका अनुदानको लिस्ट तयार भैसकेको र त्यसका लागि काँग्रेसले रणनीतिक रुपमा अगाडी बढ्ने र कम्युनिष्टका असली चरित्र बाहिर ल्याउने नेता फुलाराले बताए । को कति पानिमा भन्ने कुरा पुर्विचौकीको दशलाख झ्वाम पारेको घटनाले नै देखाएकाले बताए ।

काँग्रस महाधिवेसन प्रतिनीधि तथा दलितसंघका पूर्व अध्यक्ष कुमार सिंह टेलरले कम्युनिष्ट सरकारले दलितका नाममा लुट मच्याई राखेको बताए । काँग्रेससँग दलितको गहिरो र स्थापना काल देखिको सम्बन्ध रहेकाले दलित आन्दोलन, दलित मुक्तिका लागि काँग्रसको अतुलनिय योगदान रहदै आएको नेता टेलरको भनाई थियो । उनले दलित समुदायलाई अलोकप्रिय, अराजक, बिधिबिधान मिचुवा सरकार सञ्चालन गरिरहेका कम्युनिष्टको विस्वासमा नलाग्न अनुध गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रसका जिल्ला सचिव नारायण जोशीले भ्रष्टाचार देखि अनैतिक क्रियाकलापमा वर्तमान सरकार र तिनको पार्टी नेकपाका नेता कार्यकर्ता अग्रसरभएको जगजाहेर रहेको बताउँदै कम्युनिष्टले लाज पचाउन टाउँको लुकाउने योजना बनाइरहेको बताए । नेपाली काँग्रसले आफ्ना नेता कार्यकर्ताले नेतृत्व गरेको ठाउँमा प्रष्ट रुपमा बदमासी नगर्न, भ्रष्टाचार नगर्न, सुशासन कायम राख्न, नेपालको संविधानको मर्म र अधिकार अनुसार जनताको चाहना र आवस्यकता बमोजिम कार्य गर्न र गराउन निर्देशन दिएको बताए । उनले काँग्रेसले नेतृत्व गरेका ठाउँमा प्रमाण सहित गलत गरेको घटना देखाउन चेतावनी समेत दिए । हिजोका दिन सम्म काँग्रसले जनतालाई कम्युनिष्ट के हुन्, इनको व्यवहार केहो, तिनको सरकार कस्तो हुन्छ भनेर देखाउन तिनका गतिबिधि नियाली रहेको बताउँदै नेता जोशीले अबका दिनमा तिनिहरुका कर्तुत बाहिर ल्याउने र आवस्यक कारबाहीका लागि सम्मानय न्यायालयको ढोका सम्म पुग्ने बताए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख जोशीले आफु र आफु नेतृत्वको सरकार लोकतन्त्रको सम्मान गर्दै अघि बढी रहेकोले नेकपाले गरेको बिरोध, लगायको नारा, सुझाव सल्लाहको मनन गर्दै भएका गल्तिकमजोरी सच्याउन तयार रहेको बताए । बिना गल्ति, बिना तुक, बिना कारण देखाएको रमिताले काँग्रेस र नगर सरकारलाई कुनै असर नपर्ने बताए । आफुहरुले नगर तथा कार्यपालिकामा आफ्नो बहुमतका बाबजुत पनि नेकपाबाट निर्बाचीत जनप्रतिनिधिहरुलाई स–सम्मान, समान व्यवहार गरेको र उनिहरुको सुझाब सल्लाह बामेजिम सहमतिमा सरकार सञ्चालन भइरहेको बताए । नगर प्रमुख जोशीले नगरबारे नगरका गतिबिधि बारे पारदर्शी रुपमा सबैलाई सहज सूचना प्रबाह भैरहेकाले नगर सरकाले गरेको भ्रष्टार तथा अनिमियताको प्रमाण ल्याउन चेतावनी दिएका छन् । पराजित मानसिकता बोकेर, नगर सरकारले गरेका लोकप्रिय कार्यले काँग्रेस र नगर सरकार अझै शशक्त र बलियो हुने देखेपछि विपक्षीले तुक बिना कोलाहल मच्याइरहेको उनको आरोप थियो ।

नगर प्रमुख जोशीले नगरमा बनिरहेको नगरपालिकाको भवन गौरवको योजना बएको बताउँदै स्थानीय सरकारले आफ्नै लगानीमा निर्माण गरिरहेको सो भवन सुदूरपश्चिममा कुनै पनि ठाउँमा नबनेको दावी गरे । भवन निर्माणका समयमा सृजना भएको बिवादका विषयमा जनप्रतिनिधि प्राबिधिकको सहभागितामा जाँचबुज आयोग बनाएर त्यसको अवलोकन, अनुगमन भैरहेकाले त्यसको सत्यतथ्य छानबिन पछि सार्वजनिक गरिने र त्यसमा सहभागी कसैको कमिकमजोरी देखिए आवस्यक कारबाही अगाडी बढाइने जोशीले बताए ।

भेलाले नगरका सबै वडामा निर्माण भएका र निर्माण भैरहेका विभिन्न योजनाको अनुगमन तथा निरिक्षण गर्ने र सत्यतथ्य बाहिर ल्याउने निर्णय गरेको । त्यसका लागि सम्बन्धित वडाका सभापतीको नेतृत्वमा वडा अनुगमन समिति र नगरस्तरीय नगर अनुगमन टोली बनाएर काम गर्ने निर्ण गरेको हो । समतिले प्रदेश सरकार, केन्द्र सरकार, नगर सरकार, सांसद कोषका योजना, विभिन्न विषयगत कार्यालयबाट प्राप्त अनुदानका योजना, सहकारी, लगायतको अनुगमन अनुसन्धान गर्ने, अनिमियतता देखिए घटना बाहिर ल्याउने, सूचना माग गरी अध्ययन अनुसन्धान गर्ने जनाएको छ । काँग्रसले यसै गरी जिल्लामा पनि छायाँ सरकार मार्फत कार्यक्रमहरु अगी बढाउने जनाएको छ ।

६२ जना काँग्रेस प्रवेस

काँग्रेस नगर कमिटिले आयोजना गरेको उक्त भेलामा विभिन्न पार्टी परित्याग गरी ६२ जना काँग्रेस प्रवेस गरेका छन् । उनिहरु शिखर नगरपालिकाका बिभिन्न वडाहरुबाट काँग्रस प्रवेश गरेका हुन् । नेकपाबाट नगरमा उमेदबारमा लडेका व्यक्तिहरु पनि काँग्रेस प्रवेश गरेको काँग्रेस नेता टिका फुराराले जानकारी दिए ।

Related News

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर
सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर
  • २०७७ आश्विन ८

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी...

पत्रकार स्वारद्वार जन्मदिनमा अक्षय कोष स्थापनाका लागि सहयोग
पत्रकार स्वारद्वार जन्मदिनमा अक्षय कोष स्थापनाका लागि सहयोग
  • २०७७ आश्विन ८

डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...

होटल व्यवसायी संघ डोटीद्वारा वनभोज कार्यक्रमको आयोजना
होटल व्यवसायी संघ डोटीद्वारा वनभोज कार्यक्रमको आयोजना
  • २०७७ आश्विन ८

डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...

TOP