डडेल्धुरा- डडेल्धुरा अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिकाका ४८ बर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
दुई दिनअघि भारतबाट आएका उनमा भारतमा हुँदा नै कोरोना पुष्टि भएको आफन्तले जनाएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना गरेका उनको डडेल्धुरा अस्पतालमा समेत परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।
मृतकको शव डडेल्धुरा अस्पतालमै राखिएको छ । शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद वास्तोलाले जानकारी दिए ।
योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रणबाट ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।
डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...
डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...