२०७७ फाल्गुन २४, सोमबार
March 8, 2021, Monday
सिमाक्षेत्रमा भारतियको दादागिरी

भारतीयले नियन्त्रणमा लिएका चारजना नेपाली मुक्त

महेन्द्रनगर- २० हजार फिरौती रकम माग्दै अपहरण गरिएका ४ जना नेपालीलाई भारतीयले छोडेका छन् । माछा मार्न सीमावर्ती क्षेत्रमा गएका बेलडाँडी गाउँपालिका–४ बैवाहाका चारजनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिई सोमबार साँझ अज्ञात स्थलतर्फ लगेका थिए  ।

सीमास्तम्भ नम्बर ७८५–२ र ७८६ को बीचमा रहेको खल्लामा माछा मार्न गएका २६ वर्षीय वीरेन्द्र खत्री, २५ वर्षीय भोजराज रोकाया, ३२ वर्षीय मानबहादुर सुनार र ४० वर्षीय पदम सुनारलाई दुई भारतीयले सरदारहले नियन्त्रणमा लिएका थिए ।

सोमबार राति १२ बजेतिर सशस्त्र प्रहरी बल नेपाल नं ३५ हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले भारतीय रहेका एसएसबीलाई सम्पर्क गरी नेपालीहरुलाई सकुशल नेपालमा ल्याईएको उनले बताए ।

नियन्त्रणमा लिइएका व्यक्तिहरुसँग भारतीय पक्षले जनही २० हजार रुपैयाँ फिरौती रकम माग गरेको ऐरले बताए । भारतीय सरदारहरुले पहिला पनि गाउँमा आएर घरपालुवा जनावरहरु चोरेर लैजाने गरेको स्थानीय रामलाल चौधरीले बताए ।

बिओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक गङ्गादत्त बोगटीको कमाण्डमा गएको सात जनाको टोलीले भारतीय एसएसबीको टाटरगञ्जसँग समन्वय गरिरहेको छ । एसपी ऐरले भने, ‘भारतीयहरुले नियन्त्रणमा लिएका व्यक्तिहरुबारे खोजबिन गरिरहेका छौँ ।’

यसैगरी पुनर्वास नगरपालिका–८ मोतियाफाँटबाट भारतको जङ्गलबाट काठ काट्दै गरेको अवस्थामा पृथ्वी बस्तीका १९ वर्षीय युवकलाई सोमबार साँझ नै भारतीय वन रक्षक सुमेरनगरको टोलीले नियन्त्रणमा लिई पलियातर्फ लगेको छ । 

उनका आफन्तले दशगजा नजिकैको सीमास्तम्भ नम्बर ७६६÷७ को नजिकै रहेको नालामा माछा मार्ने क्रममा भारतीय वनरक्षकले नियन्त्रणमा लिएर लगेको भनी इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा निवेदन दिएका छन् । 

उनको बारेमा थप बुझेर फिर्ता ल्याउनको लागि समन्वय भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं ३५ हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए ।

Related News

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर
सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर
  • २०७७ आश्विन ६

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी...

पत्रकार स्वारद्वार जन्मदिनमा अक्षय कोष स्थापनाका लागि सहयोग
पत्रकार स्वारद्वार जन्मदिनमा अक्षय कोष स्थापनाका लागि सहयोग
  • २०७७ आश्विन ६

डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...

होटल व्यवसायी संघ डोटीद्वारा वनभोज कार्यक्रमको आयोजना
होटल व्यवसायी संघ डोटीद्वारा वनभोज कार्यक्रमको आयोजना
  • २०७७ आश्विन ६

डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...

TOP