२०७७ फाल्गुन १५, शनिबार
February 27, 2021, Saturday
कोभिड - १९ अपडेट

सुदूरपश्चिममा ९ सय २३ जना सक्रिय संक्रमित

धनगढी- सुदूरपश्चिम प्रदेशमा हाल सम्म कोरोना संक्रमण पुष्टि भएका मध्य ९ सय २३ जना सक्रिय अवस्था अथवा उपचाररत संक्रमित रहेका छन् ।

सुदूरपश्चिममा ६ हजार ६ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५ हजार ७ सय ५१ जना निको भएर घर गइसकेका छन् ।

स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार हाल सवै भन्दा बढी सक्रिय संक्रमित कैलाली जिल्लामा रहेका छन् भने कम संक्रमित हुने जिल्ला बाजुरा छ ।

हाल कैलाली जिल्लामा ४ सय ७० कोरोनाका सक्रिय संक्रमित हुँदा बाजुरामा ९ जना सक्रिय संक्रतिम मात्र रहेका छन् । निर्देशनालयका अनुसार सक्रिय संक्रमित बढी हुने दोश्रो जिल्ला डोटी रहेको छ ।

डोटीमा शनिबार सम्म १ सय १८ जना सक्रिय संक्रमित रहेका छन् । यसै गरी अछाममा ७७, बैतडीमा ६९, बझाङमा ८९, डडेल्धुरामा १५, दार्चुल्लामा ३०, र कञ्चनपुरमा ४५ जना सक्रिय संक्रमित रहेका निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा पाँच हजार ७ सय ५१ जना संक्रमण मुक्त भएका छन् । हाल सम्म सुदूरपश्चिममा ६ हजार ६ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५ हजार ७ सय ५१ जना अर्थात ८६ प्रतिशत नागरिक कोरोना संक्रमण निको भएर घर गएका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी प्रेश विज्ञप्तिमा उल्लेख छ ।

निर्देशनालयका अनुसार हाल सम्म सुदूरपश्चिममा ७८ हजार ९३ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको छ । स्वास्थ्य निर्देशनालय राजपुर डोटीद्वारा जारी विज्ञप्ति अनुसार हाल सम्म सुदूरपश्चिममा ७९ हजार ४ सय ८८ जनाको स्वाव संकलन गरिएको छ । ती मध्य ७८ हजार ९३ नमूनाको नतिजा आएकोमा ६ हजार ६ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

परिक्षण गरिएका नमूना मध्य ७१ हजार ४ सय ७ जनाको स्वावको नतिजा नेगेटिभ आएको छ । स्वाव संकलन गरिएका मध्य १ हजार ३ सय ९५ जनाको नतिजा आउँन बाँकी रहेको निर्देशनालयले जनाएको छ ।

Related News

देउवा र दाहालबीच फोनवार्ता, के भयो कुराकानी ?
देउवा र दाहालबीच फोनवार्ता, के भयो कुराकानी ?
  • २०७७ आश्विन ६

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...

संसद् पुनर्स्थापनाको ऐतिहासिक फैसला स्वागतयोग्य: कांग्रेस
संसद् पुनर्स्थापनाको ऐतिहासिक फैसला स्वागतयोग्य: कांग्रेस
  • २०७७ आश्विन ६

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला : १३ दिनभित्र बैठक बोलाउन आदेश
संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला : १३ दिनभित्र बैठक बोलाउन आदेश
  • २०७७ आश्विन ६

काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो।  अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...

TOP