२०७९ मंसिर १६, शुक्रबार
December 2, 2022, Friday
पत्रकार कुटपिट प्रकरण

मिसन टोलीद्वारा स्थलगत अध्यन सुरु : मानवअधिकार आयोग र ईन्सेकमा छलफल

धनगढी- पत्रकार माथि भएको आक्रमण बारे अध्ययन गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको मिसन टोली धनगढी पुगि स्थालगत अध्यन सुरु गरेको छ ।

महासंघका महासचिव रमेश विष्ट नेतृत्वको टोली घटना सम्बन्धी अध्ययनका लागि आईतबार धनगढी पुगेको टोलीले धनगढीका पत्रकारहरु संग छलफल गरेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बमले जानकारी दिए ।

अहिले मिसन टोलीले राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश कार्यालय धनगढीमा पुगेका छन् । त्यहा मानअधिकार आयोगका प्रदेश कार्यालयका प्रमुख झंकर रावल संग घटनाका बारेमा बुझेका छन् । मानवअधिकार आयोगले घटना भएपछि बिभिन्न सरोकारवाला संग छलफल गरेकोले घटनाको प्रारम्भीकका बिषयमा बारेमा छलफल भएको बताएको छ ।

त्यसैगरी टोलीले ईन्सेकका प्रदेश कार्यालयमा पनि भेटघाट गरेको छ । ईन्सेकका संयोजक खडकराज जोशी संग पनि घटनाको बास्तविकता बारेमा समेत बुझेको छ । टोलीमा नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य मिन बम, प्रदेश अध्यक्ष अर्जुन शाह कैलाली अध्यक्ष जगत साँउद लगायत सहभागी रहेका छन् ।

टोलीले घटनाका सम्बन्धमा स्थलगत रूपमा अध्ययन गरी पीडित पक्ष, स्थानीय प्रशासन, प्रहरी, सरोकारवाला, पत्रकार लगायत सँग छलफल गरी सत्यतथ्य सार्वजनिक गर्ने जनाएको छ ।पत्रकार महासंघले पत्रकारमाथि अन्धाधुन्ध आक्रमण गरी घाइते बनाइएको घटनाहरूबारे स्थलगत अध्ययनका लागि महासंघको अध्ययन टोली धनगढी पठाएको हो ।

मिसन टोलीले दिनेश एफएमका पत्रकारमाथि अन्धाधुन्ध आक्रमण गरी घाइते बनाइएको घटनासहित कैलालीमा भएका प्रेस स्वतन्त्रता हननका घटनाहरूबारे स्थलगत अध्ययन गर्ने जनाईएको छ ।

Related News

धनगढीमा ८ राउन्ड हवाई फायर, दर्जन बढी विद्यार्थी पक्राउ
धनगढीमा ८ राउन्ड हवाई फायर, दर्जन बढी विद्यार्थी पक्राउ
  • २०७७ आश्विन ४

कैलाली- स्थानीय प्रशासनले निषेध गरिएको क्षेत्रमा विद्यार्थीले आन्दोलन गरेपछि भीडलाई...

TOP