२०७७ मंसिर १९, शुक्रबार
December 4, 2020, Friday
कोभिड - १९ अपडेट

सुदूरपश्चिमका थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी- सुदूरपश्चिम प्रदेशमा थप ४४ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पता, डडेल्धुरा अस्पताल, डोटी अस्पताल र बैतडी अस्पतालको प्रयोगशालामा गरी ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार थपिएका संक्रमितहरुमध्य सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार सोमबार संक्रमण पुष्टि हुनेमा धनगढी उप–महानगरपालिका–१ का ५ महिला, वडा नम्बर–२ का ३ पुरुष, वडा नम्बर–५ का १ जना र वडा नम्बर–१३ का १ जनामा संक्रमण पुष्टि भएको छ ।

यसै गरी कैलालीको टिकापुर नगरपालिकाका ३, कञ्चनपुरको वेदकोट नगरपालिकाका २ र पहिचान नखुलेका १ जनामा पनि सोमबार संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

यसै गरी डोटीमा गरिएको कोरोना परिक्षणमा अछामका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डोटी अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा अछामको रामारोशन गाउँपालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार बझाङको खप्तडछान्ना गाउपालिकाका ८, थलारा गाउपालिकाका ८ र छबीसपाथीभरा गाउपालिकाका १ जनामा संक्रमण भएको अस्पतालले जनाएको छ ।

यसै गरी बैतडी जिल्ला अस्पतालमा गरिएको परिक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

Related News

केपी ओली लोकतन्त्रका लागि होइन, ज्यान मुद्दामा जेल परेका हुन् : रामचन्द्र पौडेल
केपी ओली लोकतन्त्रका लागि होइन, ज्यान मुद्दामा जेल परेका हुन् : रामचन्द्र पौडेल
  • २०७७ आश्विन ४

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि तिखो टिप्पणी गरेका छन् । ओली लोकतन्त्रका लागि नभई...

उपमेयरलाई गाडीभित्रै जिउँदै जलाउने प्रयास
उपमेयरलाई गाडीभित्रै जिउँदै जलाउने प्रयास
  • २०७७ आश्विन ४

उपमेयरलाई गाडीभित्रै जिउँदै जलाउने प्रयास भएको छ । झापाको मेचीनगर नगरपालिकाकी उपमेयर मिना उप्रेतीलाई आज दिउँसो चारआली चोक नजिक गाडीभित्रै...

डोटीमा मोटरसाइकल दुर्घटना : केआईसिंह गाउँपालिकाका दुई जना गम्भिर घाइते
डोटीमा मोटरसाइकल दुर्घटना : केआईसिंह गाउँपालिकाका दुई जना गम्भिर घाइते
  • २०७७ आश्विन ४

डोटी- डोटीमा मोटरसाइकल र मालबाहक गाडी एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । दिपायल आइरहेको मोटरसाइकल र अछामबाट कैलाली...

TOP