डोटी– पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका थप ३९ जनामा कोरोना पुष्टि भएको छ । सुदूरपश्चिमका तीन प्रयोगशालामा शनिबार ६ सय ९१ जनाको थ्रोट स्वाब परीक्षण गरिएकोमा ३९ जनामा कोरोना पुष्टि भएको हो ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा दार्चुलाका २१, बैतडीका २ र डडेल्धुराका ३ जनामा संक्रमण पुष्टि भएको आस्पतालले जनाएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा शनिबार एक सय ८६ जनाको नमूना परीक्षण गरिएको थियो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ९३ जनाको कोरोना परीक्षण भएकोमा १३ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १२ का चार जना, धनगढी उप–महानगरपालिका वडा नम्वर १ का तीन जना, वडा नम्वर ८ का दुई जना, वडा नम्वर २ का एक जना र जानकी गाउँपालिका वडा नम्वर ६ का एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय १२ जनाको कोरोना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार सात सय ७५ पुगेको छ । संक्रमण पुष्टि भएका ५ हजार सात सय २४ जनाले कोरोना जितेको दावी गरिएको छ भने १५ जनाको मृत्यु भएको छ ।
धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...