२०८० आश्विन १७, बुधबार
October 4, 2023, Wednesday
कोरोना महामारी नियन्त्रण र रोकथाम

स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूलाई स्वास्थ्य कार्यालयको सम्मान

डोटी- विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी नियन्त्रण र रोकथाममा महत्त्वपूर्ण योगदान दिएको भन्दै स्वास्थ्य कार्यालय, डोटीले जिल्लाका नौ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूलाई सम्मान गरेको छ ।

कार्यालयको शुक्रबार सम्मान आर्थिक वर्ष २०७६/०७७ वार्षिक समीक्षा गोष्ठीमा उनीहरूलाई टोपी, दोसल्ला र पुस्पगुच्छाले सम्मान गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । ‘जिल्लामा स्वीकृत दरबन्दीको करिब ३५ प्रतिशत स्वास्थ्यकर्मीको पद रिक्त छ’ मलासीले भने जनशक्ति कम हुँदा पनि उहाँहरूले रातदिन खटेर काम गर्नु भएको छ, उहाँहरूको खटाइ सम्मानयोग्य छ ।

क्वारेनटिन व्यवस्थापन, स्वाब सङ्कलन, सङ्क्रमितको हेरचाह, सूचना सम्प्रेषणमा स्थानीय तहका स्वास्थ्य संयोजकहरूको महत्त्वपूर्ण भूमिका रहेको सलामीले बताए । उनले भने स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुँदा निकै समस्या भएको छ ।

डोटी जिल्लामा शुक्रबारसम्म एक हजार ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

Related News

धनगढी-दिपायल द्रुतमार्ग कालोपत्र चाडै
धनगढी-दिपायल द्रुतमार्ग कालोपत्र चाडै
  • २०७७ आश्विन २

दिपायल – खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक...

TOP