२०८० जेष्ठ १४, आईतवार
May 28, 2023, Sunday
बाजुरामा बाढी

हिमाली गाउँपालिकामा १० घर बगायो : तीन जना सम्पर्कविहीन

फाइल तस्विर

बाजुरा- बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा बाढीले १० वटा घर बगाएको छ भने तीन जना बेपत्ता भएका छन् ।

बिहिवार राती अबिरल बर्षा संगै हिमाली गाउँपालिका वडा न ५ मा रहेको सुप खोलामा आएको बाढिले स्थानीयका १० वटा घर र ५ वटा छाना सहित पाक्न लागेको धानबाली र कोदो समेत बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठकुन्नाले सुप खोलामा आएको बाढीले स्थानीयका ४ वटा घर, एक वटा गाईगोरु राख्ने छाना र ७ वटा घट्ट बगाएको प्रारम्भिक जानकारी आएको बताए।

वर्षासंगै आएको बाढीपश्चात सोही ठाउँका ३ जना सम्पर्कविहीन रहेको प्रहरी निरीक्षक ठगुन्नाले बताए। माछा मार्न गएका ३ जना सम्पर्कमा नआएको र प्रहरीको टोली घटनास्थलतर्फ गएको निरीक्षक ठगुन्नाले जानकारी दिए । 

बाढीकै कारण खोला नजिकै रहेका ३ वटा आधुनिक तथा ४ वटा सामान्य घट्ट र ३ वटा काठेपुल पनि बगेको छ। साथै खोलामा आएको बाढीले स्थानीयका १० वटा घर र ५ वटा छाना सहित पाक्न लागेको धानबाली र कोदो समेत बगाएको प्रहरीले जनाएको छ।

Related News

सरकारको स्पष्टीकरण : रेशम चौधरीलाई रिहाइ गर्न कानुनभन्दा बाहिर गएका छैनौँ
सरकारको स्पष्टीकरण : रेशम चौधरीलाई रिहाइ गर्न कानुनभन्दा बाहिर गएका छैनौँ
  • २०७७ आश्विन २

काठमाडौं – सरकारले कानुनविद्हरूको सल्लाह सुझावका आधारमा रेशम चौधरीलाई रिहाइ...

TOP