२०७८ श्रावण ८, शुक्रबार
July 23, 2021, Friday
कोभिड - १९ अपडेट

सुदूरपश्चिमका थप २१ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी– सुदूरपश्चिममा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार डोटी अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको २ सय १२ तथा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ६ सय २८ स्वाव परिक्षणमा २१ कनाको रिपोर्ट पोजेटिभ आएको हो ।

डोटी अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार शुक्रबार संक्रमण पुष्टि हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिकाका ८ महिला र ७ पुरुष रहेका छन् ।

यसै गरी धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा कैलालीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको ६ सय २८ स्वाव परिक्षणमा ६ जनाको रिपोर्ट पोजेटिभ भेटिएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार शुक्रबार संक्रमण पुष्टि हुनेमा धनगढी उप–महानगरपालिका–१२ का दुई महिला र १ पुरुष गरी ३ जना, धनगढी–४ का १ पुरुष र टिकापुर नगरपालिका १ का दुई पुरुषमा संक्रमण पुष्टि भएको छ ।

Related News

प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
  • २०७७ आश्विन २

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी ओली समूहका केही सांसदले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्...

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
  • २०७७ आश्विन २

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कुल सांसद संख्याको १६५ मत...

प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
  • २०७७ आश्विन २

काठमाडौं– जनता समाजवादी पार्टी (जसपां) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत...

TOP